
नारायणी किनारामा उर्लिएको दशौ लाख मानव सागरले भनेको थियो केपी ओली चाहियो !
राम प्रसाद रिजाल,
अप्राकृतिक गठबन्धनले अपनाएको ठेक्का प्रणालीबाट हाम्रो नेपाल राजनैतिक पार्टीको नाममा खोलिएको दलालहरुको गिरोहबाट मुक्त बनाउन देशलाई पुनः संघिय गणतन्त्रात्मक प्रणालीमा फर्काएर सुखी नेपाली समृद्ध नेपालको अभियान साकार पार्नको लागि नेकपा एमाले अर्थात केपि ओलिको नेतृत्वमा बहुमतको सरकार अहिलेको आबश्यकता हो ।
हरेक आमसभा देखि दशौ महाधिवेशनको पुर्ब सन्ध्यामा नारायणी किनारामा उर्लिएको दशौ लाख मानव सागरले भनेको थियो केपी ओली चाहियो । नेपालबाट राजनैतिक पार्टीको खोल ओढेर बिदेशि शक्ति केन्द्रको गुलामी गर्ने कांग्रेस र माओबादी पत्ता साफ हुनै पर्छ।
हामी सबै ले सुनिरहेका छौ । शेर बहादुर देउवा नेतृत्वको यो गठबन्धनको उद्देश्य नै केपि ओलिको पुर्ब सरकारले गरेको काम र निर्णय खारेज गर्ने भण्डाफोर गर्ने भनेर भाषण गरेको।
नेपाल र नेपालीको हक, हित, खुसी, समृद्धि र स्वाभिमानको लागि गरिएका तमाम कार्य किन मन परेन यिनिहरु लाई ? यो अहम प्रश्न हो। तत्कालीन चालु अबस्थामा रहेका उधोग धन्दा कल कारखाना बन्द गरेर कांग्रेसले आत्मनिर्भरबाट परनिर्भरतातर्फ कस्को इशारामा मोड्यो ? चन्द पैसाको लागि नेपालको प्राकृतिक श्रोत सम्झौता गर्दै किन बेच्छ ?
किन नेपाल बिकास र समृद्धि चाहदैन कांग्रेस ? किन भने नेपाललाई गरिब र कमजोर बनाएर यहाँ को प्राकृतिक श्रोत माथी नियन्त्रण गर्न चाहन्छ भारत। लैन चौरलाई हेडक्वाटर मान्ने कांग्रेस जब केपि ओलि सत्तामा आए लैनचौरको चहलपहल सुक्यो राजदुत लाई उस्को असलि हैसियतमा राखिदिए। नाकाबन्दी गरेर थर्काउने तर्साउने भारतको पुरानो फर्मुला फ्लप बनाइदिए।
चीन सङ्ग विभिन्न सम्झौता गरेर भारत लाई खुल्ला चुनौती दिए। भारतले अतिक्रमण गरेको लिपुलेक लिम्पियाधुरा फिर्ताको लागि अडान लिए । आखिर भारतको कलो र जुठो खाएर हुर्किएकाहरु लाई यो कुरा किन चित्त बुझ्थ्यो ?
केपि ओलिको दुई पद मध्य एक पद माग्न थाले किन भने केपि ओलि शक्तिशाली हुदा तिनका मालिक को निद हराम भयो। प्रधानमन्त्री वा पार्टी अध्यक्ष मध्य एक छोड भन्ने अभिप्राय नै गलत अभिष्टबाट आयातित थियो। यस्तो कुरा आम मानिसले झट्ट बुझिहाल्ने बिषय पनि होइन।
विभिन्न बाहनामा धोखा गद्दारि गर्दै राजनीति भन्दा बाहिर गएर नीति विधिलाई कुल्चेर यस्तो नैतिक हिन सिधाान्त बिहिन अप्राकृतिक गठबन्धन बनाएर मुलुकलाई फेरि अघोषित उपनिवेश बनाउदै छन। यी गद्दारहरु लाई रोक्नको लागि एक मात्र विकल्प भनेको जनता नै हुन।
नेकपा एमाले जनतालाई बिश्वास गर्छ। जनताको निर्णयलाई सम्मान गर्छ। त्यस कारण केपि ओलिले गद्दारहरुले अनावश्यक चलखेल गर्न सक्छन भनेर नया म्याण्डेटको लागि सांसद विघटन गरेर ताजा जनादेशमा गएर फैसला जनताको हातमा सुम्पिनु भएको थियो।
तर बिडम्बना सर्बोच्च जस्तो सम्मानित सस्थालाई नै दुरुपयोग गरेर जुन परमादेश जारी भयो त्यही दिन देखि नेपाल र नेपालीहरुको भबिस्य पुनः अध्यारो तर्फ धकेलियो अफवाह झुट फैलाउन पालेका पाल्तु पत्रकारहरु छ्दै थिए। तर फेरि पनि जनताको साथ, बिश्वास, प्रेम नेकपा एमाले प्राप्त गरिरहेको छ। अब यो बिश्वासलाई मतमा बदलेर नेपाल र नेपालीहरुको त्यो अधुरो सपना सुखी नेपाली समृद्ध नेपालको सपना साकार पार्नु छ। यो सपना मात्र केपि ओलिले पूरा गर्न सक्छ्न । मात्र नेकपा एमाले पूरा गर्न सक्छ। तसर्थ नेकपा एमाले नै रोजौ।।