
नाम चलेका उपन्यासको नामबाट गीत
काठमाडौं १७ चैत । नेपालमा नाम चलेका उपन्यासका नामबाट गीत तयार पारिएको छ । फरक ढंगले काम रुचाउने गीतकार डा डिआर उपाध्यायको पछिल्लो गीत ‘रुप अनेक’ मा विभिन्न उपन्यासका नामबाट तयार गरिएको छ । रोमान्टिक शैलीमा तयार गरिएको गीतमा स्वर तथा संगीत सागर अधिकारी ‘शरद’ को रहेको छ । देवेन्द्र नेवाःले एरेन्ज गरेको गीतको भिडियोमा प्रतिमा विष्टसँग गीतकार उपाध्यायको रोमान्स रहेको छ ।
माइकल स्टेपको निर्देशन रहेको भिडियो मोडलिङमा कलाकारले १५० ड्रेस प्रयोग गरेका छन् । केही अलग काम गर्ने सोचले उपन्यासको नामबाट गीत र भिडियोमा १५० ड्रेस प्रयोग गरिएको गीतकार डिआरले बताए । गीतको भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ ।