नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

0
11

 

१७ पुस, काठमाडौं । नेपाल नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपाल ९नाडा०को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको यही पुस २५ गते तोकिएको निर्वाचनका लागि मनोनयन दर्ता पुस १७ गते बिहीबार १२ बजेसम्मको समय तोकिएको थियो । उक्त समय भित्र अध्यक्षमा अन्य कुनै व्यक्तिको उम्मेदवारी नपरे पछि उप्रेती निर्विरोध चयन भएका हुन् ।

उनी नाडाको वर्तमान कार्यसमितिमा महासचिव थिए । उप्रेती लामो समयदेखि नाडामा आबद्ध छन् । उप्रेती एसटीसी ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् । यस ग्रुप नेपालमा टायर, लुब्रिकेन्ट, ब्याट्री, अन्य स्पेयर पार्टस लगायत व्यवसायमा संलग्न छ ।

अध्यक्षसँगै नाडाको सबै कार्यसमिति पदाधिकारी सर्वसहमतिमै चयन गर्ने प्रयास भइरहेको छ । सदस्यमा १७ जना आवश्यक रहेकोमा १८ जनाको उम्मेदवारी परेको छ । १८ जना मध्य एक जनाले मनोनयन फिर्ता गर्ने र उनलाई मनोनयन गरेर सदस्यमा ल्याउने गरी छलफल भइरहेको जनाइएको छ । अध्यक्षले ३ जनालाई कार्यसमितिमा मनोनयन गर्न पाउने व्यवस्था छ । २५ गते हुने निर्वाचन कार्यक्रमबाट सर्वसम्मत नयाँ कार्यसमिति घोषणा हुनेछ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here