🎄 Holiday Season Special
नागरिक लगानी कोषको लाभांश घोषणा
७ पुष, काठमाडौं । नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनसहित ८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव अर्थ मन्त्रालयबाट स्वीकृत भई कम्म्पनीकोआगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधीहरूले पाउनेछन्।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.