नयाँ दिल्लीमा प्रचण्डले एकता सन्देश सभालाई सम्बोधन गर्ने

0
12

 

२० पुष, काठमाडौं । नेपाली समाज भारतको आयोजनामा ‘एकता सन्देश सभा हुने भएको छ । लाजपत भवन अडिटोरियम, नयाँ दिल्ली ९मूलचन्द मेट्रो स्टेशन नजिक० मा सोमबार दिउँसो १ बजे हुने कार्यक्रममा नेपाल सरकारका पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।

प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको नेपाली समाज भारतका महासचिव आरबी खड्काले जानकारी दिए ।

खड्काका अनुसार, भारतमा रहेका नेपालीहरूको सामाजिक–राजनीतिक चेतना अभिवृद्धि गर्नु र उनीहरूलाई एकताबद्ध बनाउनु नै यस कार्यक्रमको मुख्य लक्ष्य हो । लामो समयदेखि प्रवासी नेपालीको हक–हित र पहिचानका लागि कार्य गर्दै आएको यस संस्थाले यो सभालाई ऐतिहासिक बनाउने तयारी गरेको छ । भारतभर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here