🎄 Holiday Season Special
धरान उपमहानगरका मेयर हर्क साम्पाङले दिए राजीनामा
काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् । साम्पाङले आज बसेको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
कानुनी प्रावधानअनुसार मेयरको पद रिक्त भएपछि उपमेयर बेघाले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्नेछन्। साम्पाङले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनी श्रम संस्कृति पार्टीका अध्यक्षसमेत हुन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.