देश बचाउन संवैधानिक राजसंस्था सहितको समावेशी प्रजातन्त्र तथा वैदिक सनातन हिन्दुराज्य स्थापना आवश्यकः निरौला

0
3

काठमाडौं ।  सामाजिक सञ्जाल फेसबुकमा नेपालमा संवैधानिक राजसंस्था पुनःस्थापनाको माग गर्दै एक धारणा सार्वजनिक भएको छ। नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाले देश बचाउन संवैधानिक राजसंस्था सहितको समावेशी प्रजातन्त्र तथा वैदिक सनातन हिन्दुराज्य स्थापना आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले आफ्नो पोस्टमार्फत वर्तमान राजनीतिक अस्थिरता र शासन प्रणालीप्रति असन्तुष्टि व्यक्त गर्दै पृथ्वीनारायण शाहका वंशज सदस्यलाई राष्ट्रप्रमुख बनाउने प्रस्ताव अघि सारेका छन्। निरौलाले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति तथा पारस शाहका छोरा हृदयेन्द्र शाहलाई “श्री ५” घोषणा गरी राष्ट्रप्रमुख बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।

पोस्टमा उनले २०५८ सालको राजदरबार हत्याकाण्डपछिको घटनाक्रम स्मरण गर्दै तत्कालीन राजा बिरेन्द्र शाहको वंशनाश भएपछि कोमामा रहेका युवराज दीपेन्द्रलाई राजा घोषणा गरिएको र उनको निधनपछि ज्ञानेन्द्र शाहलाई राजगद्दीमा बसालिएको उदाहरण प्रस्तुत गरेका छन्। उनले “आवश्यकताको सिद्धान्त”का आधारमा वर्तमान अवस्थामा पनि त्यस्तै निर्णय गर्न सकिने तर्क गरेका छन्।

निरौलाले हृदयेन्द्र शाहलाई राष्ट्रप्रमुख घोषणा गर्दा देश स्थिरता र समृद्धिको बाटोमा अघि बढ्न सक्ने दाबी गरेका छन्। उक्त अभिव्यक्ति व्यक्तिगत धारणा भएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको जनाइएको छ।

हाल नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाअन्तर्गत सञ्चालित छ। सामाजिक सञ्जालमा समय–समयमा राजसंस्था पुनःस्थापनासम्बन्धी विभिन्न धारणा र बहसहरू उठ्ने गरेका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here