
देशको राजनीतिले खोजेको चुरो कुरो
भक्त केसी,
२२ माघ, काठमाडौं । अहिले देशको राजनीतिक अवस्था अत्यन्तै तरल छ ।हाम्रो देशको राजनीति प्रायः जसो स्वार्थ केन्द्रित छ र राम्रो उद्देश्यका लागि नभई स्वार्थ र व्यक्तिगत चासोका लागि प्रयोग भइरहेको छ भन्ने कुरा प्रष्टै छ। एकातिर, देशको हित चाहने राजा वा नेताको सन्देश र उद्देश्यको मूल्य छ, तर अर्कोतिर, त्यस्तो नेताले अफसोस जनक परिप्रेक्ष्यबाट कुरा गर्दा वा कदम चालेका बेला त्यहाँ घमन्ड, काण्ड लुकाउने र पाखालगाउने प्रवृत्तिहरूको असहनीय प्रभाव पर्ने गरेको देखिन्छ।नेपाली राजनीति वृत्तमा पुस्ता हस्तान्तरणको बहसले राजनैतिक रङ्गमञ्च तरङ्गित गराउने गर्छ। युवावर्गलाई राजनैतिको मुल नेतृत्व प्रदान गरिनु पर्छ भनेर दमित र असन्तुष्ट आवाजहरु निरन्तर आउने गर्छन्।
राजनीतिले नागरिकको भलाई र हितको संरक्षण गर्नु पर्छ, तर कहिलेकाहीं राजनीतिज्ञहरूको व्यवहार र नीतिहरू नागरिकको वास्तविक आवश्यकतासम्म पुग्न सक्दैन। साँचो नेतृत्व भनेको बिकाउन नहुने, साँचो मन र उद्देश्यले अग्रसर हुनु हो। अझ भनेको, राजनीति समाजको शिक्षामा पनि महत्त्वपूर्ण भूमिका निभाउन सक्छ—समाजलाई बिकाउ र व्यक्ति हितका प्रश्नहरूको बारेमा सचेत गराउनु पनि अति महत्त्वपूर्ण छ।आजको विश्वव्यापीकरणको प्रभाव र देशको राजनीतिक अवस्थाले समाज परिवर्तन भइरहेको हुन्छ। समाज परिवर्तन सकारात्मक तथा नकारात्मक दुवै दृष्टिकोणले हुन सक्तछ ।नेपाली समाज विस्तार संस्कारविहीन बन्दै छ ।आर्थिक विपन्नताले आम नागरिकलाई कुण्ठाग्रस्त बनाउँछ, हिनभावनालाई मलजल गर्छ। उनीहरू चमत्कारको खोजी गर्न थाल्छन्। राजनीति, अर्थतन्त्र, सामाजिक, सांस्कृतिक मञ्चहरूमा चमत्कारी पात्रहरू देखा पर्न थाल्छन्। फेरी उस्तै समस्या आऊने गर्छ, कैले हुने सुधार , विश्वमा तीन प्रकारको राजनीति अर्थतन्त्र रहेको छ । पूँजीवादी, समाजवाद र मिश्रित अर्थतन्त्र ।यही विधिले देश, सत्ता, शासन, नेता र आम नागरिकहरु बाँध्ने हो । सबै नेता ठीक छैनन् भन्ने हो भने नेता बिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन ।
देशको हित चाहने राजा वा नेताको साँचो उद्देश्यलाई पखालागाउने र काण्ड लुकाउनको कारणले राजनीति एक खेलमा परिणत भएको छ। यस्तो अवस्थामा, जनता असल नेतृत्वको खोजीमा भए पनि, अनेकौं विवाद र अनियमितताले तिनीहरूको आशालाई धोका दिने काम मात्र गर्दछन्। धेरैजसो राजनीतिक प्रक्रिया र निर्णयहरू निजी स्वार्थ र शक्ति भिक्षाटनका लागि प्रयोग हुन्छन्, जसले गर्दा साँचो नागरिक हितको रक्षा हुन सकेको छैन। यस्ता नेता र पार्टीहरूले आफ्ना कार्यहरूलाई न केवल छिपाउने, बरु तिनीहरूको असल उद्देश्यलाई विकृत गरेर प्रस्तुत गर्ने गर्छन्। यसले नागरिकलाई भ्रमित मात्र गर्दैन, समाजमा एक किसिमको निष्क्रियता र बिचलन पनि ल्याउँछ। राजनीति वास्तवमा नागरिकको भलाइका लागि हुनु पर्छ, र यथार्थमा बिकाउ र स्वार्थी प्रवृत्तिहरूलाई बुझाएर, साँचो शिक्षा र सचेतना फैलाउने महत्त्वपूर्ण कदमहरू उठाउनु जरुरी छ। हाम्रो समाजमा यस किसिमका परिवर्तन ल्याउन कस्ता कदमहरू आवश्यक छन् ? संगठन मजबुत बनाउने हो भने दोस्रो तहको नेतृत्व अझ सक्षम हुन जरुरी छ । दोस्रो तहको नेतृत्वमा प्रायः युवाकै नेतृत्व रहने गरेको हुन्छ । अहिले हाम्रो राजनीति सही दिशामा छैन ।हाम्रो देशको राजनैतिक प्रवृत्ति समतामूलक बन्न सकेको छैन ।
जसरी हाम्रो राजनीतिक व्यवस्था सुधारिनु र फेरिनु जरूरी थियो त्यसैगरी राजनीतिक दलहरूका संस्कार, प्रवृत्ति र आचरण पनि सुधारिनु र परिवर्तन हुनु अपरिहार्य भएको छ। वास्तवमा हाम्रो देशको राजनीतिले खोजेको चुरो कुरो पनि यत्ति नै हो।