
दुई देशका लागि नेपाली राजदूतले लिए शपथ
काठमाडौं २७ भदौ। विभिन्न दुई देशका लागि नियुक्त भएका राजदूतहरुले सोमबार शपथ लिएका छन् ।
म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शपथ समारोहमा नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।