दार्चुलाका दुई मतदान केन्द्रमा खसेन मत

0
1

 काठमाडौं । दार्चुलाका दुई मतदान केन्द्रमा मताधिकार भएका स्थानीय बासिन्दाले निर्वाचन नै बहिष्कार गरेका छन्। नौगाड गाउँपालिका–१ स्थित गौरीशंकर माध्यमिक विद्यालय नागु र अपिहिमाल गाउँपालिका–३ स्थित दुधिला आधारभूत विद्यालय झुस्कु मतदान केन्द्रका मतदाताले विभिन्न असन्तुष्टि जनाउँदै मतदान प्रक्रिया बहिष्कार गरेका हुन्।

स्थानीयले मतदानमा सहभागी नभएपछि दुवै मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतपेटिका रित्तै रहेको छ। मतदान सम्पन्न भएपछि कर्मचारीहरूले प्रत्यक्षतर्फको मतपेटिका रित्तै अवस्थामा सदरमुकाम फर्काइरहेका छन्।

यद्यपि ती केन्द्रमा रहेका अस्थायी मतदाता अर्थात् खटिएका कर्मचारीहरूले भने समानुपातिकतर्फ मात्रै मतदान गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

स्थानीयले लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै मतदान बहिष्कार गरेको बताइएको छ। निर्वाचन बहिष्कारका कारण दुवै केन्द्रमा प्रत्यक्षतर्फ एक मत पनि खस्न नसकेको जनाइएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here