
दाङको धारपानीमा भोलीदेखी महाशिवरात्री मेला लाग्ने, १०८ गौमूखी धाराको उद्घाटन गरिने
विमल योगी
११ फागुन, दाङ । दाङको धारपानीमा लाग्ने भोलीदेखी महाशिवरात्री मेला लाग्ने भएको छ । घोराही उप महानगरपालिका वडा नम्वर ५ धारपानीस्थित पाण्डवेश्वर महादेव मन्दिर धाममा लाग्ने मेलाको पहिलो दिन भोली १०८ गौभूखी धाराको उद्घाटन गरिनेछ । बिभिन्न दाताहरुको सहयोगमा निर्माण भएको गौभूखी धाराहरु दाताहरुको उपस्थितीमा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गौमूखी धारा निर्माण भएको लामो समय भएपनि त्यसमा नियमित पानी खस्ने व्यवस्था भएपछि धारा निर्माणको कामले पूर्णता पाएको हो ।
ति धाराहरुमा नियमित पानी खसाल्नका लागि बवईको पानी लिफ्टिङ गरेर पोखरीमा जम्मा गरिएको र पाइप मार्फत गौमूखी धाराहरुमा खस्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारीले जानकारी दिनुभयो । गौमूखी धारा उद्घाटनपछि प्रत्येक दिन बिहान २ घण्टा १०८ वटै धाराहरुमा भत्तजनहरुलाई स्नानका लागि पानी आउने व्यवस्था गरिने अध्यक्ष अधिकारीेले जानकारी दिनुभयो । महाशिवरात्री पर्वकै अवसरमा फागुन १३ गते बेलुका एक हजार आठ वटा दिप प्रज्वलन गर्ने र १४ गते बिधि पूर्वक भगवान शिवको पुँजाआरधना गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्रि चेतनारायण आचार्यको उपस्थितीमा नेपाली सेना लगायतका सुरक्षाकमी,मन्दिर व्यवस्थापन समिति,भत्तजन लगायतको सहभागितामा शिव सलामी समेत दिइनेछ ।
यसैविच महाशिवरात्री मेलालाई ध्यानमा राखी मन्दिर परिसर समाजवट तथा रंगरोगनको काम समेत गरिएको छ । मन्दीरको आन्तररिक श्रोत तथा दाताहरुको सहयोगमा बिभिन्न संरचना निर्माण तथा रंगरोगन गरिएको समितिका सचिव विष्णुराम आचार्यले जानकारी दिनुभएको छ ।
मेलालाई व्यवस्थित बनाउन अध्यक्ष गणेश कुमार अधिकारीको संयोजकत्वमा मूल समिति,उपाध्यक्ष शंकर गौतमको संयोजकत्वमा पुजा व्यवस्थापन उपसमिति,सचिव विष्णुराम आचार्यको संयोजकत्वमा प्रचार प्रसार उपसमिति,श्रीधर शर्मा पौडेलको संयोजकत्वमा स्वागत सम्मान उपसमिति, विवेक श्रेष्ठको संयोजकत्वमा अनुगमन मूल्याङ्कन उपसमिति, बलिराम भूसाल गोपालको संयोजकत्वमा मेला तथा बजार व्यवस्थापन उपसमिति, निम बहादुर चौधरीको संयोजकत्वमा भोजन तथा आवास उपसमिति,निमा डाँगीको संयोजकत्वमा सुरक्षा व्यवस्थापन उपसमिति,धनपती शर्माको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति,केशव बिसीको संयोजकत्वमा स्वंयसेवक परिचालन उपसमिति,ऋषिदेव शर्माको संयोजकत्वमा साउण्डसिस्टम तथा टेन्ट व्यवस्थापन उपसमिति,बुद्धि भण्डारीको संयोजकत्वमा भजनकृतन व्यवस्थापन उपसमिति,कृष्णप्रसाद भूसालको संयोजकत्वमा आर्थिक संकलन उपसमिति,मधुसुदन पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति,बिमल अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको सचिव आचार्यले जानकारी दिनुभयो । यसैविच मेलामा अप्रिय र उछृखल गतिविधि हुन मन्दिरको चार किल्लाभित्र मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । जस अन्तरगत मन्दिरको पूर्व तर्फ भलई सोता,पश्चिम तर्फ पिच रोड,उत्तर तर्फ बवई नदि र दक्षिण तर्फ सुनकोट मन्दिर एरियाभित्र मदिरा बेचबिखन तथा सेवन गर्न निषेश गरिएको मेला तथा बजार व्यवस्थापन उपसमितिका संयोजक बलिराम भूसाल गोपालले जानकारी दिनुभयो ।