दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश

0
3

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवारसमेत रहेका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

जसपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य समानुपातिक उम्मेदवार नानु थामी, केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरसहित नेताहरू आइतबार कांग्रेसमा प्रवेश गरेका हुन् ।आइतबार उपसभापति विश्वप्रकाश शर्माले नवप्रवेशी नेताहरूलाई कांग्रेस पार्टी कार्यालय बीपीनगर सानेपामा स्वागत गरेका थिए ।

थामी र थापा मगरसहित कांग्रेसमा प्रवेश गर्नेहरूमा जसपा बागमती प्रदेश सदस्य सुवास तामाङ, गण्डकी प्रदेश समिति सदस्य फुलमाया पुन, नवलपरासी जिल्ला सचिव कुलबहादुर थापा मगर, जिल्ला कोषाध्यक्ष नानीमाया महतो, जिल्ला सदस्यहरू ज्ञानेन्द्र पुन, टिकाराम माझीसहित नवलपरासीका ४२ जना जिल्ला स्तरीय नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका नवप्रवेशी केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार सुस्मिता थापामगरले बताइन्।

दोलखा–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष गणेश थामी, तामसालिङ राष्ट्रिय समितिका केन्द्रीय सदस्य उपेन्द्र कार्की, दोलखा जिल्ला कार्यसमिति सदस्य केशव थामी, शम्भु थामी, सङ्घीय समाजवादी महिला महासङ्घकी सुशीला थामीसहित दर्जनौँ नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेको कांग्रेसले जनाएको छ ।

बदलिएको कांग्रेसबाट मात्रै मुलुकको समस्या समाधान हुने विश्वासका साथ नेताहरू कांग्रेसमा समाहित भएको नवप्रवेशी नानु थामीले बताइन् ।जनताको मागअनुसार देशको अवस्था बदल्ने अभियानमा सँगसँगै हिँड्नका लागि कांग्रेस पार्टी नै सबैभन्दा बलियो र विश्वासिलो भएकाले कांग्रेस रोजेको उनको भनाइ छ ।

नवप्रवेशी नेताहरूलाई कांग्रेसले उचित जिम्मेवारीसहित स्वागत गरेको पार्टी प्रवक्ता देवराज चालिसेले बताए। शनिबार मात्रै सर्लाहीमा जसपाका महासचिव र लोसपाका उपाध्यक्षसहित ठुलो टोली कांग्रेसमा प्रवेश गरेका थिए ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here