
डा बाबुराम र यादव पुगे बालुवाटार
फाइल तस्वीर ।
काठमाडौं २४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा बाबुराम भट्टराई र महेन्द्र राय यादव बालुवाटार पुगेका छन् ।
मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् ।