
डा उपाध्यायको ‘चाहानाको छाल’ सार्वजनिक
काठमाडौं १३ वैशाख । विश्वकीर्तिमानी गीतकार डा। डीआर उपाध्यायको ‘चाहानाको छाल’ एल्वममा रहेका गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । लिरिकल भिडियो एल्बममा ‘हे प्यारा‘’, ‘तिमीले रोपेको‘’, ‘समाजमा हरेक‘’, ‘सपनीमा आउछ्यौ‘’, ‘हावाले उडायो‘’ र ‘तिलिचो ताल‘’ जस्ता ६ वटा गीत समावेश गरिएको छ ।
एल्बममा समावेश रहेका गीतमा सञ्जीवनी, ज्ञानु राणा, डीआर आफैं, सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’को स्वर छ भने सन्तोष श्रेष्ठको सङ्गीत छ । लिरिकल गीतको भिडियो डीआर म्युजिक क्रियशनको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
गीतसङ्गीत तथा विविध विधामान गिनिज बुक अफ वल्र्ड रेकर्डसहित १०८ विश्व कीर्तिमान कायम गर्नुभएका डा। उपाध्यायका ३३ गीति एल्बमका सयौं गीत र भिडियो दर्शकमा आएका छन् । यस्तै उहाँका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छाया’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’, ‘कफी लभ’, ‘मेरी प्रिया’, ‘भाइरस लभ’जस्ता उपन्यास पाठकमाझ आएका छन् ।