राजविराज ९ चैत्र । नेकपा एमालेको तर्फबाट संविधानसभा सदस्य रन्जु ठाकुर बुधबार जनता समाजवादी पार्टीमा प्रवेश गरेकी छन् । बुधबार राजविराजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले ठाकुरलाई पार्टी प्रवेश गराएका हुन् ।
विद्यार्थीकालदेखि नै कमयुनिस्ट आन्दोलनमा लागेकी ठाकुर ०७० सालको संविधानसभामा एमालेबाट समानुपातिकतर्फ संविधानसभा सदस्य चुनिएकी थिइन् । त्यसअघि उनी सप्तरीमा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारसमेत भएकी थिइन् । संविधानसभा सदस्य रहेकी बेला ठाकुर महिला, बालबालिका तथा जेष्ठ नागरिक संसदीय समिति सभापतिसमेत भएकी थिइन् । पछिल्लो एमालेको महाधिवेशनमा उनलाई केन्द्रीय तहमा कुनै जिम्मेवारी नपाएपछि रुष्ट रहँदै आएकी थिइन् ।