जेनजी आन्दोलन जाँच आयोगको म्याद २० दिन थप

0
20

 

 काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद थप्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगको कार्यकाल बिहीबार नै सकिन लागेको अवस्थामा सरकारले म्याद थप गरेको हो।

भदौ महिनामा तीन महिनाको कार्यादेशसहित गठन गरिएको आयोगले काम पूरा गर्न नसकेपछि यसअघि एक महिना म्याद थप गरिएको थियो। प्रतिवेदन लेखनको काम अझै बाँकी रहेकाले आयोगको आग्रहअनुसार मन्त्रिपरिषद्ले पुनः २० दिन म्याद थप्ने निर्णय गरेको गृहमन्त्री अर्यालले बताउनुभयो।

यस्तै मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटबल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।

त्यसैगरी, मन्त्रिपरिषद्ले सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई तोक्ने निर्णयसमेत गरेको जानकारी दिइएको छ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here