
जिल्ला स्तरीय रनिङ शिल्डको उपाधि बेसीशहरलाई
लमजुङ।
१३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बेसीशहर नगरपालिकाले हात पारेको छ । असार १६ देखि १७ गतेसम्म सुन्दरबजार नगरपालिकाको कृषि क्याम्पसमा भएको प्रतियोगितामा २९ पदक हात पार्दै बेसीशहर नगरपालिका उपाधि जित्न सफल भएको हो ।
बेसीशहर नगरपालिकाले ११ स्वर्ण, ९ रजत र ९ कांस्य जितेको छ । यस्तै ११ स्वर्ण, ६ रजत र १० कांस्यसहित राइनस नगरपालिका दोस्रो भएको छ भने ८ स्वर्ण, १० रजत र १३ कांस्य सहित सुन्दरबजार नगरपालका तेस्रो भएको छ ।
१६ गतेबाट सुरु भएको प्रतियोगितामा एथलेटिक्स अन्तर्गत एकसय, दुईसय, तिनसय, चारसय, आठसय, १५ सय र ३ हजार मिटर दौड, भलिभल, कराँते, हाईजम्प, लङजम्प त्रिपलजम्प, सटफूट लगायतका विभिन्न विधिका खेल छात्रछात्रा दुवैतर्फ खेलाइएको जिल्ला खेलकुद लमजुङका अध्यक्ष योगबहादुर गुरुङ (कालु) ले बताउनु भयो ।
प्रतियोगितामा पाँचा पालिकाको सहभागिता रहेको थियो ।
source:News of Nepal