
जसपा औपचारिक विभाजनको घोषणा हुँदै
काठमाडौं २१ असार । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो ।
भट्टराई र यादव यसअघि नै आपसी सहमतिमा पार्टी विभाजन गर्न सहमत भइसकेका छन् । सोही सहमतिअनुसार जसपा औपचारिक रुपमा विभाजनको घोषणा हुन लागेको हो ।
यादव समूहले केन्द्रीय समितिको बैठक २७ र २८ असारमा वीरगन्जमा बोलाएको छ । भट्टराई समूहले समेत केन्द्रीय कमिटीको विस्तारित बैठक २९ र ३० असारमा बोलाएको छ । सोही बैठकबाट जसपा औपचारिक रुपमा विभाजन हुने बताइएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।