
जसपाका नेता श्रीलाल साह करिब ९० जना कार्यकर्ता सहित एमाले प्रवेश गर्ने
काठमाण्डौं ७ भाद्र । विन्दवासिनी गाउँपालिका पर्साका पूर्व अध्यक्ष श्रीलाल साह नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । आज एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा उनलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने बताइएको छ ।
जनता समाजवादी पार्टी (जसपा) को नेतासमेत रहेका शाहले करिब ९० जना कार्यकर्ता सहित एमाले प्रवेश गर्न लागेका हुन् । ०७४ सालको स्थानीय तह निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट उठेका थिए । पार्टी एकता र विभाजनको शृङ्खला चलिरहँदा उनी उपेन्द्र यादव नेतृत्वमा रहेको जसपामै रहेका थिए ।