
जन सांस्कृतिक महासंघमा अधिकारी, अर्घाखाँचीका केन्द्रीय कमिटीमा को को परे
काठमाडौं २४ चैत । गीतकार प्रेमनाथ अधिकारी राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा सर्वसम्मत अध्यक्ष निर्वाचित भएका छन । नेकपा एमाले सँग आवद्ध राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालको आठौँ राष्ट्रिय अधिवेशनबाट गीतकार प्रेमनाथ अधिकारीको नेतृत्वमा १५१ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मतरुपमा चयन भएको छ ।
महासङ्घको निवर्तमान महासचिव अधिकारीले अध्यक्षको जिम्मेवारी सम्हाल्दै सामूहिक भावना र सामथ्र्यका आधारमा सङ्गठननलाई गतिशील बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आइतबार राति सम्पन्न अधिवेशनले उपाध्यक्षमा भूमिका सुब्बा र आरसी न्यौपाने, महासचिवमा लालकाजी लामा, उपमहासचिवमा अशोककुमार राई, सचिवमा राममणि ढुङ्गेल, नारायणभाइ श्रेष्ठ, वृन्दा मैनाली, कृष्णगोपाल तामाङ र विजय यादव र कोषाध्यक्ष सिन्धु जलेसा बुढाथोकी निर्वाचित हुुनुभएको छ अधिकारी यसभन्दा अगाडी महासचिव थिए । उनको नेतृत्वमा पदाधिकारी सहित सिङ्गो १५१ जनाको केन्द्रीय टिम सर्वसम्मत चयन भएको हो जसमा अर्घाखाँची बाट चयन हुने कलाकारहरुको बारेमा खबर ब्रेकिङ न्युजले तयार पारेको रिपोर्ट सितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा जन्मिएका गायक तथा सर्जक मोतिराज खनालले नेपाल कम्युनिस्ट पार्टी एमालेको गौरबशाली संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्यमा सर्ब सहमत निर्वाचित भएका छन ।
लामो समयदेखी नेकपा एमालेको विभिन्न भातृ संगठनहरुमा काम गरेका खनाल यस अघि अर्घाखाँची – काठमाडौं सम्पर्क मन्च नेकपा एमालेको सचिवालय सदस्य र कार्यलय टिममा बसेर काम गर्नुका साथै सास्कृतिक बिभाग प्रमुख थिए । त्यसै गरी महासंघले खनालको कार्य कुसलताको मुल्याङ्कन गरि महासंघमा मनोनीत गर्नुका साथै अर्घाखाँचीको इन्चार्ज बनाइ जिम्मेवारी दिएको थियो । अहिले जन सांस्कृतिक महासंघको नेतृत्वमा प्रेम नाथ अधिकारी सहित सिङ्गो टिम सर्वसम्मत निर्वाचित भएको हो ।जन गायक खनाल निरंकुश विरुद्ध बिभिन्न आन्दोलनमा सहभागिता जनाएका थिय । २०६२/६३ को १९ दिने जनआन्दोलन हुदा दमनको बिरुद्धमा आन्दोलनमा होमिदा पुलिसको लाठिले सख्त घाइते मध्यका एक खनाल पनि हुन । त्यतिबेला सात राजनीतिक दलले खनालको उच्च मुल्याङ्कन गर्दै घाइतेको प्रमाणपत्र दिएको थियो । खनालले घाइते हुदा पनी राज्यलाइ भार नपार्ने भन्दै आफ्नै खर्चले उपचार गरेर ठिक भएका थिए ।
घाइतेहरुलाइ आजिवन सुबिधा दिने सरकारले निर्णय गरेपनी तपाइले सुबिधा नलिनुको कारण के हो ? भन्ने पत्रकारको प्रश्नमा आफ्नो घाउ चोट निको भएको हुनाले मैले त्यो सुबिधा लिनु देश प्रतिको गद्धारी हो भन्ने ठानेर मैले सुबिधा लिइन गायक खनालले भने ।
घाइते भएर हात खुट्टा गुमेका असक्त काम गर्न नसक्ने योद्धाहरुले त्यो सुबिधा लिनुपर्छ र राज्यले पनि छानबिन गरेर दिनुपर्ने खनालको भनाइ छ । खनालने आफ्नो कलाकौशल बाट समाज रुपान्तरणणमा ठुलो भुमिका खेलेका छन् । नेकपा एमालेको चुनाबी गीत देखी लिएर गरिब निमुखा जनताका आवाज बुलन्द पार्ने खनालले थुप्रै गीतको सिर्जना गरेका छन् । समाजका बिकृती र बिसङ्गती बिरुद्ध कलाकारिता क्षत्रबाट ठुलो योगदान गरेका छन् ।
खनालले गीत संगितका अलवा थुप्रै सन्देश मुलक टेलीसिरियल , लेख , कबिता जस्ता रचनात्मक बिधाबाट आफ्नो पहिचान बनाउन सफल भएका छन । त्यसै गरी अर्घाखाँचीका जन कलाकार शिव शाह पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका छन । शाह बहुदल पछी जन कलाकारको रुपमा गाउ गाउमा गएर आफ्नो प्रस्तुति दिने गर्थे । त्यसै क्रममा उनि धेरै ठाउँमा काङ्गेसको आक्रमणमा परेका थिए । राष्ट्रिय जनसंगित कलाकार संघ नेपालको अध्यक्ष बैकुण्ठ महत लगायत पदाधिकारीको टिम निर्वाचित भएको छ जसमा अर्घाखाँचीको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्य पदमा पुग्न सफल कमरेडहरु जिवन परियार केन्द्रीय सदस्य कमरेड चिरञ्जीवी अर्याल
केन्द्रीय सदस्य कमरेड राजेन्द्र जि सि
केन्द्रीय सदस्य कमरेड जुना परियार
राष्ट्रिय सामजिक सांस्कृतिक अध्ययन संघ नेपालको
उप सचिव क धनेन्द्र बस्नेत
साथै यसै संघको केन्द्रीय सदस्यमा क टेकराज पोख्रेल
केन्द्रीय सदस्य कमरेड सिता क्षत्री
राष्ट्रिय जन साहित्य सङ्गमा क । बलबहादुर रायमाझी
राष्ट्रीय चलचित्रकर्मि संघ नेपालको
केन्द्रीय सदस्यमा क सितल के सी
राष्ट्रिय जन नाट्य कर्मि संघ नेपालको
केन्द्रीय सदस्य क राम प्रसाद पोख्रेल
राष्ट्रिय ललितकला संघ नेपालको
केन्द्रीय सदस्य क कमल बिष्ट
निर्वाचित भएका छन ।।