![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
जनता बैकल्पिक राजनीतिक शक्तिको खोजिमा
डा डी आर उपाध्याय,
काठमाडौं । मुलुक लामो समय देखि प्रमुख राजनीतिक दल तथा तिनका नेताहरुको वरी परि घुमिरहेको छ । आज देशमा जनताका अपेक्षा पुरा हुन सकेका छैनन् । जनता चरम निराशामा छन । देशमा महंगीले आकाश छोएको छ । बिहान बेलुकाको छाक टार्न समेत आम सर्बसाधरण नागरिकलाई हम्मे हम्मे परिरहेको छ । सरकारले जनसरोकारका बिषयमा खासै ध्यान दिएको देखिदैन ।
जनता उकुश मुकुशको अबस्थामा छन । राजनीतिक दल र तिनका नेताहरु मुलुक प्रति गम्भिर बन्न नखोज्दा समस्या निम्तिएको छ । पुराना दल र तिनका नेताहरुबाट जनताले राष्ट्रको भविष्य सुरक्षित हुने देखेका छैनन्। जनता बैकल्पिक राजनीतिक शक्तिको खोजिमा छन । यस्तो अबस्था किन आयो रु ठूला दलहरुले मुलुकको भबिश्य बनाउन सकेनन् । त्यस कारण जनतामा असन्तुष्टि बढदै गयो । नेताहरुले राजनीतिलाई कमाउ धन्दामा परिणत गरेका छन्। भ्रष्टाचार मुलुकभर फैलिएको छ । बिचौलियाको बिगबिगी बढेको छ । देशमा सुशासन कायम हुन सकेको छैन ।
नागरिक पुरै निराश छन । राजनीति दुर्गन्धितको खेल भयो । दल तथा नेताहरूबाट जनताले बारम्बार धोका पाएका छन्। राज्यशक्तिको आडमा देशको स्रोत–साधन दोहन गरेका छन्। नागरिक माथि अपमान गरेका छन । जति भने पनि नेताहरुको चेत खुलेन । उही पुरानो तरिकाले देश बनाउन सकिदैन । दलहरुले राम्रो काम गर्न नसकेकै कारण काठमाडौँ, धरान तथा धनगढीमा स्वतन्त्र उम्मेदवारहरुले जितेका हुन । किनभने अबको राष्ट्र निर्माणमा इमान्दार नेतृत्व खोज्नु जरुरी भइसकेको छ। यस अर्थमा आगामी संसदीय चुनावमा टूला दलहरुलाई जनताले पाखा लगाउने स्थिती नआउला भन्न सकिदैन ।
यति बेला जनता सचेत पनि छन । सचेत जनतालाई दलहरुले भ्रममा पार्न अब सक्दैनन् । बुढा नेता र तिनका दलबाट वाक्क–दिक्क नागरिकले परिवर्तन खोजेका छन्। जनता नयाँ अनुहार वा दलका खोजीमा छन्। पछिल्लो समय भरोसा र आशाको केन्द्र बिन्दु बनेका रवि लामिछानेले ‘राष्ट्रय स्वतन्त्र पार्टी’ गठन गरेका छन्। उनको पार्टीले कति सिट जित्छ त्यो त अहिले यसै भन्न सकिने अबस्था छैन । उनको समर्थनमा जनलहर उर्लिएको देखिन्छ ।
उनको पछि उत्साहीत भीड छ । नागरिक समाजको पूर्ण समर्थन छ। विशेषगरी उनको नेृत्वप्रति युवा पिँढी बढी उत्साहित र आकर्षित पनि छन्, । सुरुवाती राजनीतिको उनको यो सुखद पक्ष हो। उनी देश ब्यापी रुपमा दौडिएका छन । उनी जहाँ पुग्छन त्यही भिड जम्मा गर्छन । उनको पछि लागेको भिडले के साँच्चै अबस्था परिवर्तन खोजेकै हो त रु आज आम निराश नागरिक रविको पछि लागेको छ किन होला ? निराश नागरिकले आशाको ज्योति खोजेको हुन्छ । सरकारले जनताको पक्षमा खासै राम्रो काम गर्न नसकेकै हो । सरकारले राम्रो काम गरेर देखाउन सकेको भए यति ठूलो भिड रबि लामिछानेको पक्षमा लाग्ने थिएन । राष्ट्रिय स्वतन्त्र पार्टी’ मा राम्रा राम्रा मान्छे लागेको जस्तो देखिन्छ । यो पार्टीमा युवा बर्गको बाहुल्यता छ । युवाले परिवर्तन खोजेका छन । लामो समय सम्म ठूला राजनीतिक दलहरुबाट वाक्क दिक्क भएका युवाहरु सक्रिय राजनीतिमा आउन थालेका छन ।