![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
चुनाव जित्ने बहानामा पैसा बाँडने परिपाटी र गलत संस्कारको अन्त्य गर्नु पर्छः केसी
काठमाण्डौ ८ चैत । नेपाल सुशासन पार्टीका कोषाध्यक्ष भक्त बहादुर केसीले आफनो पार्टी चुनाबी अभियानमा लागि सकेको बताएका छन । आज खबर ब्रेकिङ संगको छोटो कुराकानीमा केसीले यस्तो बताएका हुन ।
उनले आफनो पार्टीको चुनाबी एजेन्डा कृषि, स्वास्थ्य र शिक्षा प्रमुख एजेन्डा हुने बताए । ब्यापारी, ठेकदार र उद्यद्योगपतिहरुलाई अरु पार्टीले जस्तो सिट बेच्ने आफनो पार्टीको नीति नभएको उनले स्पस्ट पारे ।
उनले भने, ”हाम्रो पार्टीले पैसामा सिट बेच्दैन । इमानदार र सफा मन भएका ब्यक्तिलाई उम्मेदवार उठाउँने हो । चुनाव जित्ने बहानामा पैसा बाँडने परिपाटी र गलत संस्कारको अन्त्य गर्नु पर्छ ।”
उनले नेपाल सुशासन पार्टीको संगठन बिस्तार लगभग देश भरी नै भएको दाबी गरे । उनले बिभिन्न पार्टी परित्याग गरि आफनो पार्टीमा प्रबेशको लहर नै चलिरहेकोले निराश हुन नपर्ने बताए । उनले तराई, मधेश, हिमाल र पहाडमा संगठन बिस्तार संगै चुनाबी भेला र प्रशिक्षण कार्यक्रममा आफनो पार्टी जुटेको बताए । उनले नयाँ पार्टी भएकोले केही कठिनाई त हुने नै भयो तर जनता उत्साहित भएको बताए । उनले आफनो पार्टीको चुनाव चिन्ह मकैं मा मत दिएर बहुमत दिन सबै नेपाली जनतालाई अनुरोध समेत गरेका छन ।