
चीनसँग भएका द्विपक्षीय सहमति कार्यान्वयन हुनेछन्ः कांग्रेस प्रवक्ता
फाइल तस्बिर
काठमाडौं १३ चैत । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले चीनसँग नेपाली कांग्रेसको राम्रो सम्बन्ध रहेको बताएका छन् ।
चिनिया विदेशमन्त्री वाङ यीसँगको भेटको विषयमा जानकारी दिँदै प्रवक्ता महतले भेटले सम्बन्धलाई अझ उचाइमा लैजाने काम गरेको बताए ।
“चीनसँग हाम्रो राम्रो सम्बन्ध छ । हामीले चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय सम्बन्धका विषयमा छलफल गरेका छौँ,” उनले भने, “चीनसँग भएका द्विपक्षीय सहमति कार्यान्वयन हुनेछन् ।”
उनले विकास र द्विपक्षीय साझेदारीलाई बढाएर लैजाने विषयमा कुराकानी भएको जानकारी दिए । एमसीसी पारित भएलगत्तैको वाङको भ्रमणलाई शंकाका दृष्टिले हेर्नेभन्दा विश्वास बढाउनका लागि भएको महतको टिप्पणी थियो ।