महारानीको निधन भएको तत्क्षण चार्ल्स ब्रिटेनका नयाँ राजा कुनै समारोह आयोजना नगरी उनका उत्तराधिकारी वेल्सका पूर्वराजकुमार चार्ल्सलाई राजगद्दी हस्तान्तरण गरियो।
तर राजा बन्नका लागि धेरै वटा व्यावहारिक र परम्परागत चरणहरू पार गर्नुपर्ने हुन्छ।
अब चार्ल्सलाई कसरी राजा सम्बोधन गरिन्छ
राजा चार्ल्स तृतीयको रूपमा शासन गर्ने वा अर्को नाम ग्रहण गर्ने भन्ने निर्णय गर्नु उनको पहिलो काम हुनेछ। जस्तै, उनका हजुरबुवा जोर्ज छैटौँको पहिलो नाम अल्बर्ट थियो, तर उनले आफ्नो बीचको नाम प्रयोग गरेर शासन गरे। चार्ल्सले आफ्नो चारवटा नामहरू- चार्ल्स फिलिप आर्थर जोर्जमध्ये कुनै एक रोज्न सक्छन्।
शाही उपाधि परिवर्तन उनको मात्र हुने भने होइन।
प्रिन्स विलियम अब गद्दीको अर्को उत्तराधिकारी भए पनि उनी सोझै प्रिन्स अफ वेल्स बन्ने छैनन्। यद्यपि उनले आफ्नो बुवाको अर्को उपाधि, ड्यूक अफ कोर्न्वलको उत्तराधिकार तत्काल प्राप्त गरे। अब उनकी श्रीमती क्याथरिन डचिस अफ कोर्न्वलको रूपमा चिनिनेछिन्।
अब चार्ल्सकी श्रीमतीको पूरा उपाधि क्वीन कन्सोर्ट हुनेछ। कोन्सर्ट राजाको धर्मपत्नीलाई सम्बोधन गरिने शब्द हो।
औपचारिक समारोहहरूमा के हुच्न ?
आमाको निधनको करिब २४ घण्टापछि चार्ल्सलाई आधिकारिक रूपमा राजा घोषणा गरिनेछ। उक्त समारोह लन्डनस्थित सेन्ट जेम्स दरबारमा उत्तराधिकारसम्बन्धी औपचारिक निकाय एक्सेशन काउन्सिलको उपस्थितिमा आयोजना हुनेछ।
उक्त निकायमा भूतपूर्व तथा वर्तमान वरिष्ठ सांसदहरूको समूह र माथिल्लो सभाका सदस्य रहने प्रिभि काउन्सिलका सदस्यहरू तथा केही वरिष्ठ निजामती कर्मचारीहरू, राष्ट्रमण्डल सदस्य देशका उच्चायुक्तहरू अनि लन्डनका लर्ड मेयर रहन्छन्।
समारोहमा ७०० भन्दा बढी मानिसको उपस्थिति हुनसक्छ तर छोटो अवधिमा विकास भएको घटनाक्रमका कारण उपस्थित हुनेहरूको सङ्ख्या निकै कम हुनसक्ने सम्भावना छ।
यसअघि सन् १९५२ मा भएको त्यस्तो समारोहमा २०० मानिस उपस्थित थिए।
परम्पराअनुसार त्यहाँ राजा उपस्थित हुँदैनन्।
बैठकमा महारानी एलिजाबेथको निधनको खबर प्रिभि काउन्सिलकी अध्यक्ष (हाल सांसद पेनी मोर्डुअन्ट) ले घोषणा गर्नेछिन्। उक्त घोषणा वाचन हुनेछ।
घोषणामा प्रयोग हुने शब्दहरू परिवर्तन हुन सक्छन्। तर परम्परागत रूपमा यो रानी एलिजाबेथको प्रशंसा र नयाँ राजालाई समर्थनको वाचासहित प्रार्थना र प्रतिज्ञाहरूको शृङ्खला हुन्छ।
यस घोषणामा प्रधानमन्त्री, आर्चबिशप अफ क्यान्टरबरी तथा लर्ड चान्सलरसहित विभिन्न वरिष्ठ व्यक्तिहरूले हस्ताक्षर गर्नेछन्।
यी सबै समारोहमा नयाँ युगको सङ्केतका रूपमा केही परिवर्तन भएका अथवा थपिएका वा अद्यावधिक गरिएका विषयबारे धेरैले ध्यान दिनेछन्।
राजाको पहिलो घोषणा ?
प्रायः एक दिनपछि एक्सेशन काउन्सिलका सदस्यहरू फेरि जम्मा हुन्छन्। यसमा चाहिँ प्रिभि काउन्सिलसँगै राजा पनि उपस्थित हुन्छन्।
ब्रिटेनको राजाको शासनकालको आरम्भमा अमेरिकाका राष्ट्रपति वा अन्य राष्ट्रप्रमुखको नियुक्ति हुँदाको जस्तो “शपथग्रहण” हुँदैन। तर त्यहाँ १८ औँ शताब्दीदेखिको परम्पराअनुसार नयाँ राजाद्वारा स्कटल्यान्डको चर्चलाई जोगाउने घोषणासहित शपथ लिइन्छ।
ट्रम्पेट बाजाको धुनसँगै चार्ल्सलाई नयाँ राजा घोषणा गरिनेछ। यो घोषणा सेन्ट जेम्स दरबारको फ्रायरी कोर्टमाथिको बरन्डाबाट गार्टर किङ अफ आर्म्स भनिने अधिकारीद्वारा गरिन्छ।
उनले भन्नेछन्: “ईश्वर, राजाको रक्षा गर” र सन् १९५२ पछि पहिलो पटक राष्ट्रिय गान बज्दा “ईश्वर, राजाको रक्षा गर” भन्ने शब्दहरू पुकारिनेछ।
हाइड पार्क, टावर अफ लन्डन र जलसेना जहाजहरूबाट बन्दुकको सलामी दिइनेछ र चार्ल्सलाई राजा उद्घोष गर्ने घोषणा एडिन्बरा, कार्डिफ र बेल्फास्टमा पढिनेछ।
राज्यारोहण
नयाँ उत्तराधिकारी आगमनको उच्चतम क्षण चार्ल्सलाई औपचारिक रूपमा राजमुकुट पहिराइरनु हुनेछ। तयारीका लागि समय लाग्ने भएकाले उक्त कार्यक्रम केही समयपछि हुने बताइन्छ। महारानी एलिजाबेथ सन् १९५२ को फेब्रुअरीमा गद्दीमा बसेकी थिइन् तर सन् १९५३ को जुनसम्म पनि त्यस्तो समारोह भएको थिएन।
विगत ९०० वर्षदेखि त्यस्तो समरोह वेस्टमिन्स्टर एबीमा आयोजना गरिँदै आएको छ। विलियम द कन्करर त्यस्तो समारोह गर्ने पहिलो राजा थिए र चार्ल्स ४० औँ राजा हुनेछन्।
यो एङ्ग्लिकन चर्चको धार्मिक समारोह हो जसलाई क्यान्टरबरीका आर्चबिशपले सञ्चालन गर्नेछन्। समारोहको बीचमा धार्मिक गुरुले सेन्ट एड्वर्डको सन् १६६१ देखिको सुनौलो मुकुट चार्ल्सको शिरमा पहिराउनेछन्।
यो टावर अफ लन्डनस्थित क्राउन जूअल्समा भएको मुख्य आकर्षणको वस्तु हो। यसलाई राजाले औपचारिक रूपमा राज्यारोहण गर्दाखेरि मात्र लगाउँछन् (यसको तौल २.२३ किलोग्राम हुन्छ)।
राज्यारोहणको औपचारिक समारोह शाही विवाहजस्तो नभई सम्पूर्ण राज्यको उत्सव हो र यसको खर्च सरकारले बेहोर्छ र निम्तालुहरूको सूची पनि सरकारले नै निर्धारण गर्छ।
सङ्गीतमय उक्त कार्यक्रममा पाठ गरिन्छ र सुन्तला, गुलाब, दालचिनी, कस्तूरी र एम्बरग्रीसको तेल लगाएर नयाँ उत्तराधिकारीको अभिषेक हुन्छ।
नयाँ राजाले सर्वसाधारण मानिसहरूका अगाडि उभिएर राजमुकुट लगाउँदा शपथ लिनेछन्। उक्त समारोहमा उनले आफ्नो नयाँ भूमिकाको प्रतीकको रूपमा राजदण्ड पाउनेछन्। क्यान्टरबरीका आर्चबिशपले उनको शिरमा सुनको मुकुट राखिदिनेछन्।
राष्ट्रमण्डलका प्रमुख
चार्ल्स अब राष्ट्रमण्डलका प्रमुख भएका छन्। यो ५६ स्वतन्त्र राष्ट्रहरू र २.४ अर्ब मानिसहरूको सङ्घ हो। उनी सङ्घका यूकेसहित १४ वटा सदस्य राष्ट्रका राष्ट्रप्रमुख हुनेछन्।
कमनवेल्थ भनिने राष्ट्रमण्डल देशहरूअन्तर्गत अस्ट्रेलिया, एन्टिगुआ, बार्बुडा, बहामस, बेलिज, क्यानडा, ग्रेनाडा, जमैका, पपुवा न्यूगिनी, सेन्ट क्रिस्टोफर र नीभीस, सेन्ट लुसिआ, सेन्ट भिन्सेन्ट, ग्रेनाडिज, न्यूजील्यान्ड, सोलोमन आइल्यान्ड्स र तुभालु रहेका छन्।
©सबै तस्बिरहरूको सर्वाधिकार सुरक्षित छ।
RAJATPAT आकाश र एलिजाको लीला, अत्ति गर्नु अत्याचार नगर्नु
एप्पलले ल्यायो चार मोडलका आइफोन-१४, यस्ता छन् फिचर
एलिजाबेथ द्वितीया: नेपालमा तीन दिन शोक मनाउने सरकारको निर्णय गरिएअको छ।
७ घण्टा पहिले
ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा तीन दिन शोक मनाउने नेपालको मन्त्रिपरिषद्ले निर्णय गरेको एकजना मन्त्रीले बताएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।
उनका अनुसार सरकारले तीनदिने बिदा दिने निर्णय भने गरेको छैन।
तर निधन भएकी महारानीको सम्मानमा शनिवारदेखि तीन दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय भएको उनले बताए।
नेपालको पुरानो दौत्य सम्बन्ध रहेको देशकी महारानीको निधन भएकोले सम्मानमा उक्त निर्णय लिइएको उनले बताए।
यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीवार राति बाल्मोरलमा निधन भएको थियो।
महारानी एलिजाबेथ द्वितीयाको निधन
उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। महारानी एलिजाबेथले गद्दीमा रहेकै बेला विसं २०१७ र २०४२ सालमा दुई पटक नेपालको भ्रमण गरेकी थिइन्।
राष्ट्रपति-प्रधानमन्त्रीद्वारा शोक व्यक्त
सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) का अनुसार शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाण्डूस्थित ब्रिटिश दूतावासमै पुगेर शोक व्यक्त गरेकी छन्।
उनले दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेको राससले जनाएको छ।
नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि महारानीको निधनमा “गहिरो दु:ख” व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, “महारानी एलिजाबेथ द्वितीयाले कर्तव्य, सम्मान र सेवाका साथ आफूलाई सम्मानित बनाएकी थिइन्।”
उनले महारानीले गरेका दुईवटा नेपाल भ्रमणको स्मरण समेत गरेका छन्।
देउवाले नेपालीहरूले उनलाई प्रेमपूर्वक स्मरण गर्ने भन्दै नेपालले “देश र जनताको एक महान् प्रशंसक गुमाएको” उल्लेख गरेका छन्।
उनले ट्विटरमा लेखेका छन्, “म राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गर्छु।”
त्यस्तै नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले पनि महारानी एलिजाबेथको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।
पूर्वराजाका सम्वाद सचिव फणीराज पाठकले शुक्रवार जारी गरेको वक्तव्यमा शाहले नेपाल र ब्रिटेनको दौत्य सम्बन्ध र महारानीको नेपाल भ्रमणको स्मरण पनि गरेको उल्लेख छ।