ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग

१३ मंसिर, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोहलपुर नगरपालिकामा विधुतीय शवदाह गृह निर्माणका लागि २० लाख सहयोग गरेको छ ।

ग्लोबल आइएमई बैंकको लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले कोहलपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख संगिता सुवेदीलाई एक समारोहका बिच उक्त सहयोग हस्तान्तरण गर्नुभयो ।

कोहलपुर नगरपालिका र आसपासका नागरिकका लागि सरल, सहज तथा कम खर्चिलोमा विधुतीय शवदाह गर्नका लागि कोहलपुर नगरपालिका वडा नं। ११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा विधुतीय शवदाह गृह निर्माणको काम सुरु भईरहेको कार्यवाहक नगर प्रमुख सुवेदीले बताउनुभयो ।

साथै, बैंकका लुम्बिनी प्रदेश प्रमुख शान्ता सिवाकोटीले बैंकको यस सहयोगले वातावरणीय असर कम हुने विश्वास बैंकले लिएको जानकारी दिनुभयो ।

बैंकले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्वअन्तर्गत विभिन्न परियोजनाहरु छनौट गरी काम गरीरहेको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

The post ग्लोबल आइएमई बैंकद्वारा कोहलपुरमा विधुतीय शवदाह गृह निर्माणलाई २० लाख सहयोग first appeared on Khabar Breaking.

  • Related Posts

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    १९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि…

    Read more

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समितिको चयन गरेको छ। सर्वसम्मत निर्वाचित भएको नयाँ संचालक समितिका…

    Read more

    Leave a Reply

    You Missed

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    • By
    • December 4, 2024
    • 0 views

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 4, 2024
    • 0 views
    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

    • By
    • December 4, 2024
    • 7 views

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 4, 2024
    • 7 views

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    • By
    • December 4, 2024
    • 7 views

    Profile and Interviews: amaira ko le gyi y orat🥲😭#amairagurjar #shorts