ग्यास सहज र नियमित रूपमा उपलब्ध गराउन अनेरास्ववियुको माग

0
2

काठमाडौं । सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारसँग माग गरेको छ ।

काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा देखिएको खाना पकाउने ग्यासको कृत्रिम अभावप्रति  नेपाल आयल निगम लिमीटेडलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले  ध्यानाकर्षण गराएको हो ।

‘ग्यास आपूर्तिको वास्तविक अवस्था सार्वजनिक गर्न, कृत्रिम अभाव तथा कालोबजारीमा संलग्न तत्वमाथि कडा अनुगमन र कारबाही गर्न र सर्वसाधारणलाई सहज र नियमित रूपमा ग्यास उपलब्ध गराउने प्रभावकारी व्यवस्था गर्न निगमसमक्ष जोडदार माग गर्दछ,’ ज्ञापनपत्रमा भनिएको छ । अनेरास्ववियु उपत्यका विशेष बाग्मती प्रदेशले इन्चार्ज नितेश लामिछानेको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here