![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
![ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित Screenshot 20250127 114308 Messenger 300x213 AEYNIP AMERICA KHABAR January 27, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/Screenshot_20250127_114308_Messenger-300x213-AEYNIP.jpeg)
ग्यास बिक्रेता महासंघमा ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालको ११औँ वार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट ज्ञानेश्वर अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ। महासंघका संस्थापक अध्यक्ष समेत रहेका अर्यालको नेतृत्वमा शनिबार (१२ माघ ) सर्वसम्मत नयाँ कार्यसमितिको चयन भएको हो।
त्यस्तै , महासंघको वरिष्ठ उपाध्यक्षमा विष्णु प्रसाद दुलाल चयन भएका छन् । उपाध्यक्षहरुमा रामप्रसाद झवाली, गेहेन्द्र रिजाल, लाल बहादुर केसी, राम प्रसाद गैरे, सन्तोष श्रेष्ठ, राधिका महर्जन र रामकृष्ण खड्का चयन भएका छन् । महासचिवमा विनोद काफ्ले, सचिवमा कृष्ण प्रसाद गैरे र कोषाध्यक्षमा रविन कार्की सर्वसम्मत भएका छन् ।
त्यस्तै, महासंघको सदस्यहरुमा प्रकाश तिवारी, रामकुमार खड्का, रामशरण पुडासैनी, पेश कान्त भण्डारी, ओमकार बोहोरा, सुदिर यादव, कमल अधिकारी चयन भएका छन् । त्यस्तै श्रीहरि ढकाल, मञ्जु थापा, छवि राज भट्ट, जयराम श्रेष्ठ, गोविन्द शाह र हरिहर बजगाईँ चयन भएका छन् ।
महासंघका निवर्तमान अध्यक्ष चन्द्र थापाले अर्याललाई माइन्यूट हस्तान्तरण गर्दै सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।