ग्यास नपाएको अवस्थामा निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न निगमको आग्रह

0
2

काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको आयात तथा बिक्री–वितरण नियमित भइरहे पनि काठमाडौं उपत्यकामा माग उच्च देखिएकाले आवश्यक परे उद्योग वा बिक्री केन्द्रबाटै ग्यास खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ।

निगमले जारी गरेको प्रेस विज्ञप्तिमा आसन्न आम निर्वाचनलाई ध्यानमा राख्दै फेब्रुअरी महिनाको एलोकेसनमा दुई हजार मेट्रिक टन ग्यास थप गरिएको जनाएको छ। हाल दैनिक औसत ११० बुलेट ग्यास आयात भइरहेको निगमको भनाइ छ।

उपत्यकामा ग्यास आपूर्ति गर्ने करिब २३ वटा उद्योगमध्ये केही उद्योगले दैनिक करिब ४० हजार सिलिण्डर बजारमा पठाइरहेका छन्। नेपाल ग्यास, एभरेष्ट ग्यास, साइवावा ग्यास र श्रीकृष्ण ग्यास डिलरमार्फत नपाएमा सम्बन्धित उद्योग वा बिक्री केन्द्रबाट सिधै खरिद गर्न सकिने निगमले जनाएको छ।

बालाजु, सिफल र कलंकीका बिक्री केन्द्रमा सम्पर्क गर्न सकिने बताइएको छ। ग्यास नपाएको अवस्थामा हटलाइन नम्बर ०१–५९७१९०२ मा कार्यालय समयभित्र सम्पर्क गर्न निगमले आग्रह गरेको छ। निगमले अनावश्यक भण्डारण नगरी आवश्यक मात्रामा ग्यास खरिद गर्न उपभोक्तासँग अनुरोध गरेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here