
गृहमन्त्री बालकृष्ण खाँणले गरे माधव नेपाल सँग भेटवार्ता
काठमाडौं १९ माघ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान १० बजेपछि गृहमन्त्री खाण अध्यक्ष नेपालको निवास कोटेश्वर पुगेका हुन् ।
गृहमन्त्री खाँणका निजी सचिव नरेन्द्र केसीकाअनुसार स्थानीय तहको निर्वाचन कसरी सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो । उनले भने, ‘समसामयिक विषयमा कुराकानी गर्न गृहमन्त्रीज्यू पूर्वप्रधानमन्त्री ९माधव नेपाल० ज्यू को निवासमा जानुभएको थियो । उहाँले भेटमा स्थानीय तहको चुनाव एकै पटक गर्ने विषयमा बिफ्रिङ गर्नुभएको छ ।’
केसीकाअनुसार मंगलबार गृहमन्त्री खाँणले खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न प्रधानमन्त्री तयार भएपछि राजनीतिक भेटघाटले तीव्रता पाएको छ ।