
गुडिरहेको रेलमा आगो लागेपछि…
काठमाडौं ।
भारतको बिहारमा आइतबार बिहान गुडिरहेको एउटा रेलमा आगो लागेको छ। नेपालको सीमार्वती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बाहरूमा भने फैलिन नपाएको र सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। रेलको इन्जिनमा आगो कसरी लाग्यो भन्ने कारण खुलसकेको छैन।
source:News of Nepal