
गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश
धादिङ २१ चैत । धादिङको बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमाले प्रवेश गरेका छन् ।
अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका डल्लाकोटीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे ।
नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको सदस्यसमेत रहेका उनी ओलीनिवास बालकोट पुगेर एमाले प्रवेश गरेका हुन् । एमाले पृष्ठभूमिका डल्लाकोटी १५ वर्षपछि एमाले फर्केका हुन् ।