गलत निर्णयबाट हुने नोक्सानी अहिलेको सरकारले नै व्यहोर्नुपर्ने हुन्छः राजनीतिक विश्लेषक शर्मा
११ मंसिर, काठमाडौं । नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक तथा राजनीतिक विश्लेषक विष्णु प्रसाद शर्माले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनबारे गम्भीर शंका व्यक्त गरेका छन् । आज खबर ब्रेकिंग डटकमसँगको कुराकानीमा उनले यस्तो शंका व्यक्त गरेका हुन । शर्माले निर्वाचन हुनु–नहुनु भन्दा पनि जनताले स्वतन्त्र रूपमा मतदान केन्द्र पुगी मत खसाल्न सक्ने वातावरण नै मुख्य कुरा भएको बताए । शर्माले उम्मेदवार गाउँ–गाउँ पुगेर मत माग्न नसक्ने अवस्था र दलहरूले घर–घर पुगेर गरेको अत्यधिक प्रचारले निष्पक्ष निर्वाचनको आधार कमजोर गरेको टिप्पणी गरे ।
उनले मनाङको नार्फु र हुम्लाको माथिल्लो क्षेत्र जस्ता दुर्गम ठाउँमा फागुन २१ गते मतदान नै सम्भव नदेखिने बताए । शर्माले चरणबद्ध निर्वाचन गराउने प्रस्ताव विदेशी हस्तक्षेपलाई सहज बनाउने चेतावनी दिए । शर्माले ७७ जनाको रगत बगेको घटनालाई स्मरण गर्दै, “गलत निर्णयबाट हुने नोक्सानी अहिलेको सरकारले नै व्यहोर्नुपर्ने बताएका छन ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.