
गफ हाँकेर देश बन्दैनः भट्टराई
काठमाडौं २५ पुष । जनता समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले गफ हाँकेर मुलुकमा विकास र समृद्धि ल्याउन नसकिने बताएका छन ।
राष्ट्रिय व्यपार संघले आईतबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै भट्टराईले मुलुक बिकासका लागि विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयोग गर्नुपर्ने बताए ।
भट्टराईले देश बनाउछु भन्नेहरुले गफ र गुड्डी मात्रै हाँकेको आरोप लगाए । कार्यक्रमा बोल्दै उनले भने , ‘मुलुकलाई विकास र समृद्धि गर्न विज्ञहरुसँग ज्ञान, सीप र अनुभव सदुपयो गर्नुपर्छ । अनि मात्रै देश बन्छ । गफ हाँकेर होईन, गुड्डी हाँकेर होइन।’
राजनीतिक नेतृत्वको दृष्टिदोष अहिले मुलुकले दुरगति भोगेको उनले आरोप लगाए । त्यस्तै उनले कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउनुपर्नेमा जोड दिए ।