गतिशिलता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न

0
10

 

२८ मंसिर, काठमाडौं । टोखा नगरपालिकास्थित गतिशिलता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौँथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। उक्त संस्थाका अध्यक्ष प्रकाश भेटुवालको सभापतित्वमा मंसिर २७ गते शनिबार सम्पन्न भएको साधारणसभाले समीक्षा आर्थिक वर्ष २०८१/८२ को संचित मुनाफाबाट सदस्यहरुलाई १० प्रतिशत लाभांश प्रदान गरेको छ।

साधारणसभाले आ.व. २०८१/८२ को संस्थाको वार्षिक प्रगति प्रतिवेदन , लेखापरीक्षण प्रतिवेदन , नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

सभामा अध्यक्ष प्रकाश भेटुवालले संस्थाले स्थापना देखि नै सदस्यहरुमा उद्यमशिलता विकास गर्दै व्यवसायीक बनाउने कुरामा जोड दिएको बताए । संस्थामा आवद्ध सदस्यहरुलाई तालिम, गोष्ठी , सहकारी शिक्षा शिविर, अध्ययन भ्रमणमा सहभागी गराउदै लैजाने योजना रहेको र यसलाई आगामी वर्षमा कार्यान्वयन गर्ने उनले जनाए।

संस्थाको वित्तीय प्रतिवेदन अनुसार गत आ.व. को अन्त्यमा कुल पुँजि तथा दायित्व र सम्पत्ति रु. १,८४,१३,१३१/- पुगेको छ। हाल शेयर पुँजि रु. ९२,२९,४४६/- रहेको यस सहकारीले समीक्षा आर्थिक वर्षमा रु. ४,८५,४१६/- खुद मुनाफा आर्जन गरेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here