गण्डकी प्रदेशमा रास्वपाको समानुपातिक उम्मेदवार टेक बहादुर पुन मगर

0
2

 

४ पुष, काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले गण्डकी प्रदेश अन्तर्गत आदिवासी जनजाति क्लस्टरमा टेकबहादुर पुन मगरलाई प्रारम्भिक  समानुपातिक उम्मेदवारका रूपमा छनोट गरेको छ।

मिति २०८२ पौष ३ गते बिहीबार बसेको रास्वपाको उम्मेदवार छनोट समितिको बैठकले बाग्लुङ जिल्लाबाट सर्वसम्मत रूपमा पुन मगरलाई एकल प्रारम्भिक उम्मेदवार बनाउने निर्णय गरेको हो।

प्रारम्भिक उम्मेदवार चयन भएपछि टेकबहादुर पुन मगरले पार्टी नेतृत्व, जिल्ला तथा प्रदेशका पदाधिकारीहरू र सम्पूर्ण कार्यकर्ताप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँले बाग्लुङ जिल्ला मात्र नभई समग्र गण्डकी प्रदेश र नयाँ नेपालको विकास तथा निकासका लागि इमान्दारितापूर्वक योगदान गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

पुन मगरले आफ्नो जीवनका पछिल्ला ५० वर्ष व्यक्तिगत र पारिवारिक जिम्मेवारीमा बिताएको उल्लेख गर्दै अबको १० वर्ष देशका लागि समर्पित भएर काम गर्ने उद्देश्यसहित रास्वपामा आबद्ध भएको स्पष्ट पार्नुभएको छ। टेकबहादुर पुन मगर हाल रास्वपा बाग्लुङ जिल्ला कार्यसमिति सदस्यसमेत रहनुभएको छ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here