
गठबन्धन नटुट्ने बरु थप बलियो हुने
फाइल तस्बिर।
काठमाडौं १९ माघ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन नटुट्ने बरु थप बलियो हुने दावी गरेका छन । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन ।
उनले भने, गठबन्धन टुट्नेवाला छैन्, झन् बलियो भएर जानेछ। उनले कार्यक्रममा नेकपा एमालेलाई बा मालेको संज्ञा दिए। उनले भने, ‘एमाले भन्छन् की बामाले । प्रतिनिधिसभा क्रियाशील हुनुपर्ने बेलामा बाधा व्यवधान खडा गर्ने काम सोही पार्टीबाटै भएको छ । विध्वशंकारी भूमिका निर्वाह गर्ने प्रवृत्ति हाबी भएको छ ।’
नेता नेपालले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आएको जानकारी दिए।