![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
गठबन्धनभन्दा राष्ट्रियता ठूलो, कुनै पनि हालतमा एमसीसी पास हुदैनः चित्रवहादुर केसी
फाइल तस्विर
दाङ २० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रवहादुर केसीले संसद अवरुद्ध गरेर जनताको आवाज बोल्ने थलो बन्द गर्नु राम्रो संकेत नभएको बताएका छन ।
राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन । उनले संसद लामो समय अवरुद्ध हुँदा प्राप्त उपलब्धी गुम्ने खतरा रहेको उल्लेख गरे ।उनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) ल्याउने शर्तमा सत्तारुढ गठबन्धनलाई निरन्तरता दिन नसक्ने बताए ।
उनले गठबन्धनभन्दा राष्ट्रियता ठूलो भएको टिप्पणी गरे ।‘नेपाली कांग्रेस गठबन्धन कायम राख्नुपर्छ भन्नेमा लागि परेको छ’ उनले भने, ‘त्यही गठबन्धनको आडमा एमसीसी आउन प्रयास भइरहेको छ । कुनैपनि हालतमा एमसीसी पास हुदैन ।’