खड्गीको अध्यक्षतामा मानव अधिकार संगठन काठमाडौं शाखा गठन

0
23

७ मंसिर,काठमाडौं । नेपाल मानबअधिकार संगठन काठमाडौ शाखाको अधिवेशनले होमबहादुर खड्गीलाई अध्यक्षमा चयन गरेको छ । आज संगठनको केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा भएको छैठौ अधिबेशनले खड्गीलाई निर्विरोध रुपमा अध्यक्ष चयन गरिएको संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालले बताए । संगठनको विधान २०५३ बमोजिम नयाँ नेतृत्वको कार्याकाल ३ बर्षको रहने छ ।

केन्द्रीय अध्यक्ष अर्याल, महासचिब कल्याण पोख्रेल, उपमहासचिब जनकराज शर्मा, कोषाध्यक्ष टिका डाँगी, केन्द्रीय सदस्यहरु बिप्लब भट्ट, मधुसुदन उपाध्यायलगायत अन्यको समेत उपस्थितिमा निर्वाचन भएको थियो । भेलाले काठमाडौ शाखाको उपाध्यक्षमा रूपक फुयाल र रूपेन्द्र बरध्वज थापा, सचिबमा ऋषिकेश श्रेष्ठ, कोषाध्यक्षमा सुरेशराज गिरी र सदस्यहरुमा प्रमिला लम्साल, अम्बिका श्रेष्ठ, कपिला रेग्मी, अमित थापा, भूपाल घले र सुमन शाही चयन भएका छन् ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here