के नेपाली जनताले चाहे अनुसारको शासन ब्यवस्था हो यो ?

बिष्णु प्रसाद शर्मा,

 

नेपाल धार्मिक, सास्कृतिक परम्पराले भरिपूर्ण देश हो । यो भूमिलाई ऋषि महर्षिहरुले सिंचित गरि पबित्र बनाई दिएको हो । पबित्रताको लागी मानवहरुले ध्यान दिन नसकेका कुराहरु अथाह छ र नेपाली परम्पराको थालनी शुद्धताको भावनाले नबुझि नहँुने शास्त्रद्धारा सिकाइएका र मानव कल्याणका पर्यायवाची शुद्धिको सानो हितकारी बचन अनुसार बुझने कोसिस गरौं । आफैले मात्र प्रयोग गर्ने ओछ्यान, कपडा, स्त्री, सन्तान र कमण्डलु जलपात्र शुद्ध हुन्छन ? अर्काका अशुद्ध हुन्छन ?
माथिका कुराहरु आजभोली अमान्य भइसकेका छन । लोग्ने मरेकी स्त्री बिवाह गर्ने, छोरा छोरी नहुनेले धर्मपुत्र पाल्ने जस्ता कुरा त कानूनमै ब्यवस्था भइसकेको छ । यज्ञोपवीत, जनै लगाउने मानिस सारै थोरै भइसकेका छन । अरुको सम्पत्ति, स्त्री, अपमान र धुत्र्याई नगर्ने पनि कमै मात्रमा होलान । शास्त्रले यी सबै गलत कार्यको सूचिमा राखिदिएको छ । मानव दानवमा परिणत भइसकेपछि सबै कुराहरु राम्रो ठान्दछ र आफू मात्रै ठूलो भएको मान्दछ । ठान्नु र मान्नु अनौठो त कदाचित गलत होइन । तर अरुको मूल्यांकनमा नपर्नु चाहि गम्भिरता हो ।
धुम्रपान स्वास्थ्यका लागी हानिकारक हो भनेर प्रार्य सबैले जानेकै छन तैपनि सेवन गर्न छाडेका छैनन् । हामीलाई बुझाईएको र सिकाइएको दलिय ब्यवस्थाले हामीलाई नै खाइदियो भनेर सबै जनताले बुझि सकेका छन । तापनि चुनावमा भोट दिन छाडेका छैनन् । हो, यसैलाई भनिन्छ बिकार बिकारले कसैलाई चोखो र शुद्ध राख्दैन र समाप्त बनाईदिन्छ । हामीले पिएको बस्तुले हामीलाई नै समाप्त पार्दछ र हामीले दिएको भोटले देश र हामीलाई नै अपमानित, कंगाल र अस्तित्व बिहिन बनाईदिइसकेको छ ।
बहुदलीय, अर्थात प्रजातन्त्र नेपाली जनताले चाहे अनुसारको शासन ब्यवस्था हो, यो । जनताले चाहेका थिएनन् भनेर भन्न नसकिने गरि परिपञ्च मिलाईएको थियो । परिपञ्च जसले जहाँबाट जसरी गराइएको भएता पनि अग्रपंक्तिमा जनताकै नाम आएकै थियो । संलग्न सबैले तालि पिटेकै थिए , छन र पिटिरहन्छन । देश बरवाद हुन्छ, भइसकेको छ । जनता ठगिने ठगिएकै छन । लुटनेहरु राता रात उठेकै छन र उठिरहन्छन । यो बिदेशीहरुकालागी फाइदाजनक नै हो ।
नेपालमा निर्वाचन हुन्छ, अमेरिका र युरोपियन युनियनले पर्यवेक्षण गरेर निष्पक्ष धाँधली रहित प्रतिवेदन दिन्छ र लुटेर खाने प्रमाण पाइन्छ । यसैलाई लोकतन्त्र, प्रजातन्त्रको नामले पुकारिन्छ । लुटनेले लुटिरहने, ठग्नेले ठगिरहने  यो कुरा जनताले बुझि सकेका छन । के नेपाली जनताले चाहे अनुसारको शासन ब्यवस्था हो यो ? अब जनतालाई ढाँटन पाइदैन । शर्मा, नेपाल संरक्षण अभियानका केन्द्रीय संयोजक हुनुन्छ ।

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 7 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 8 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 7 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 7 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 10 views