
केन्द्रीय अध्यक्षको सोच विचार
हामिलाई थाहा नै छ हाम्रो पार्टी र हाम्रा पार्टीका केन्द्रिय अध्यक्षको विचार नै धोका नदिने, बैमानी नगर्ने, र मुलुक लाई नठग्ने हो । हाम्रा पार्टीको विचार, सिद्धान्त, हाम्रो पार्टीले बोकेका नीति हाम्रा पार्टीका विभिन्न तह र तप्काका नेता साथीहरुका भूमिका र जिम्मेवारीहरु स्पष्ट छन् ।
केन्द्रिय तहका नेता साथिहरुको भुमिका पार्टी सञ्चालन र व्यवस्थापन, टोलीलाई नेतृत्व र उत्प्रेरणा दिने, प्रदर्शन व्यवस्थापन, समस्या समाधान, जनताको स्वास्थ्य, सुरक्षा, कल्याण र सर्वोत्तम हितलाई केन्द्रमा राखि काम गर्ने गराउने हो ।
हाम्रा नेता, कार्यकर्ता साथीहरु आफैंमा सक्षम, योग्य, इमान्दार, उत्प्रेरक र प्रेरणादाइ व्यक्तिहरु हुनुहुन्छ । बिभिन्न पेसा व्यवसाय, निजामती तथा सरकारी सेवाको उपल्लो तह तप्कामा रहेर लामो समय देखि अनुभव बोकेका कर्मचारी, नेपाल प्रहरी, नेपाल आर्मी, लेक्चरर, प्रोफेसर,शिक्षक वकिल, व्यापारी, विद्यार्थी, महिला लगाएत एउटा लामो अनुभब प्राप्त, देशविदेशको सुशासन देखेका बुजेका असल नागरिकहरुबाट नै हाम्रो पार्टी निर्माण भएको छ । उहांहरु असल विचार बुझेर असल विचारलाई बोकेर लाग्नु भएको छ ।
हरेक सफलताका लागि व्यक्ति आफैंमा सुशासित हुनुपर्छ । सुशासन चाहानेहरु सही दिशामा निर्देशित हुनु आवश्यक छ । हाम्रो पार्टीका अध्यक्ष श्री रमेश प्रसाद खरेलज्यु पुर्ब डीआईजी नेपालका एक प्रहरी हुन् जो आफ्नो निष्ठा र नेपाली प्रहरी बल भित्र भ्रष्टाचार विरुद्ध लड्नका लागि परिचित हुनुहुन्छ । यति मात्र होईन अन्य सदस्यहरुले पनि झुट नबोल्ने, धोका नदिने, बेइमानी नगर्ने, जालसाजी अपराधीलाई गैरकानूनी लाभ प्रदान नगर्ने भ्रामक कार्य नगर्ने र देश र जनाता प्रति सधै बफादार रहि नेपाल आमा प्रतिको मायालाई सिरोधार्य गरि बिकासको काममा सधैं लागिरहने कसम खानुभएको छ । समाजमा देखा परेका नयाँ नयाँ घटना र परिदृष्यहरुलाई विष्लेषण गर्दै त्यसबाट नयाँ अनुभब लिदैं र सिक्दै हामी सबै हिजो भन्दा आज राम्रो गर्ने लक्ष्यमा लागिरहेका छौं । हामी हाम्रो लक्ष्य, हामिले खाएको कसम तथा हाम्रो पार्टीले अंगालेको नीति र सिद्धान्तबाट कतिपनि विचलित भएका छैनौं र विचलित हुने पनि छैनौं । खुस्खोर , भ्रस्टाचारी नेतालाई हराउनु हाम्रो लक्ष्यहो ।
एक असल र प्रभावकारी नेता हुनका लागि हामीले आफ्नो क्षमता, बल, राम्रा पक्ष र कमजोरीहरूलाई बुझ्नुपर्छ । ठूला नेताहरूले आम सञ्चारको माध्यमबाट, सामाजिक सञ्जालबाट तथा अन्य तालिम, गोष्टी, प्रशिक्षण, सेमिनार आदिका माध्यमबाट आम नेता कार्यकर्ता, जनता, कर्मचारी, पेशा व्यवसायी, ब्यापारी शिक्षक, अन्य राजनितिक दल का नेता कार्यकर्ता लगायतको वृद्धि र विकासलाई प्रोत्साहित गर्नुपर्दछ । उनीहरुका राय, सुझाव र प्रश्नहरुलाई उचित सम्बोधन गर्दै प्रतिक्रिया दिनुपर्दछ र हाम्रो पार्टी, हाम्रो विचार, हामिले बोकेको नीति र हाम्रो सिद्धान्त बारेमा प्रष्ट पार्नु पर्दछ । भबिस्य उज्जल छ ।
एक असल नेता हुनका लागि आम समुदायमाझ राम्रो छवि वनाउनु र परिणाम मुखी कार्यक्रमहरु ल्याउन सक्नुपरद्छ । नेताको सबैभन्दा महत्त्वपूर्ण भूमिका स्पष्ट र आकर्षक दिशा प्रदान गर्नु हो । यो नेताको मूल्य र सिद्धान्त, राजनीतिक भविष्यको लागि तिनीहरूको आशा र योजनाहरूको कथनबाट सुरु हुन्छ। आम जनतासँग नेपाल सुशासन पार्टीको सम्बन्ध व्यवस्थापन गर्न र राजनीतिक प्रतिद्वन्द्वीहरू विरुद्ध प्रतिस्पर्धाको नेतृत्व गर्न सधैं तम्तयार भईरहनुपर्छ । अहिलेको हाम्रो पार्टिको सम्बन्धमा एक नेताको सबैभन्दा महत्त्वपूर्ण भूमिका यो नै हो ।
हामी नेतृत्वकर्ताले पार्टी प्लेटफर्महरू विकास गर्न र मतदाताहरूसंग सञ्चार गर्न अग्रणी भूमिका खेल्नुपर्ने अहिलेको आवश्यकता हो । हाम्रा प्रमुख पार्टी अध्यक्ष श्री रमेश प्रसाद खरेलमा अनुशासन, विश्वसनियता, योग्यता, साहस, मानवता, बुद्धिमत्ता छ । हरेक नेतृत्वदायी भूमिकाहरू मध्ये राजनीतिक नेतृत्व सधैं आम जनमानसको मन, मुटु र मानसपटलमा बसिरहनुपर्दछ किनभने तिनीहरू कुनै न कुनै कारणले सधैं समाचारमा हुन्छन् र देश र जनताको भविष्य उनीहरुकै हातमा हुन्छ । नेताहरु सधैं बिकास मुखी हुनु आबस्यक छ ।
बिगत र हाल भईरहेको बिदेशीले फालेको नोट बटुलेर रक्सि र मासु भातमा जनतामाथि शोषण गर्नखोज्ने वा पैसाको आडमा चुनाव जित्ने ठुला दलका बिकृति स्वरुपहरु ब्यापक रुपमा देखिएको छ । देश, जनता, पेशा ब्यवसायी, खेतीकिसानी गरिब को सुखदुखका सारथी होईनन बरु दलहरुका नेताका झोला भिरेर नेताको जय जयकार गर्दै कर्तब्य बिमुख भै गाउँ घर छोडेर शहरको एक कोठामा विभिन्न प्रलोभनमा बसेका हरुलाई चिनेर कुनैपनि प्रलोभनमा नपरि भिजन भएका, दुरदर्शी र विकास प्रेमी व्यक्तिको पक्षमा माहोल खडा गर्न र सहयोग गर्न सम्पूर्ण बुद्धिजीवी पत्रकार, नागरिक समाज लगायत सम्पूर्ण विद्यार्थी र चेतनशील वर्गहरुमा आग्रह गर्दै आफ्नो वडा, क्षेत्रको अब्बल र क्षमतावान व्यक्तिलाई मतदान गरि राष्ट्र निर्माणमा मुख्य योगदान गर्नुहुन सम्पूर्ण जनसमुदायहरुमा हामी नेपाल सुशासन पार्टीका तर्फ बाट हार्दिक अनुरोध पनि गर्दछौ । साथै आफ्नो अमुल्य भोट हाल्ने अधिकार न गुमाउन पनि देशमा रहनु भएका सम्पूर्णमा जनसमुदायमा विशेष आग्रह गर्दै चुनावमा भाग लिई जनताको मन जितेर आउनुहुन नेताजीहरुलाई अनुरोध छ । साथै राष्ट्रिय एकताको माध्यम बाट देशलाई निकास दिनुहुने छ भन्ने बिश्वास लिएको छौ । भक्त बहादुर के सी, नेपाल सुशासन पार्टीको केन्द्रीय कोषाध्यक्ष हुनु हुन्छ ।