किन थप जटिल बन्दैछ नागरिकता विधेयक

 

 

काठमाडौं पुस १० । प्रत्येक नेपालीलाई नागरिकताको अधिकार भएपनि नागरिकता प्राप्त गर्नबाट वञ्चित भइरहनु परेको छ। नेपालको संविधान जारी भएको ६ वर्ष पूरा भएको छ। संविधानको व्यवस्था बमोजिम कानुन बनाउन नसक्दा हजारौं नेपालीले नागरिकता प्राप्त गर्न सकेका छैनन्।

राज्यले कुनै पनि आफ्ना नागरिकलाई नागरिकताको अधिकारबाट वञ्चित गरेर मानव अधिकार हनन् गर्न मिल्दैन। सन् १९४८ को मानवअधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्रको धारा १५ ले विश्वको कुनै पनि कुनामा कुनै पनि व्यक्तिलाई राज्यसँग कानुनी सम्बन्ध राख्ने अधिकार प्रदान गर्दछ भनेको छ।

नागरिकताको विषय मानवअधिकारको विषय हो। त्यसैले नागरिकता प्राप्त गर्न नसक्नु राष्ट्रियता विहीनता हो भन्ने गरिन्छ। नागरिकताको प्राप्ति, अन्त्य, इन्कारी सम्बन्धी अन्तर्राष्ट्रिय कानुन भए पनि नेपालका हजारौं नागरिकले नागरिकता प्राप्त गर्न नसक्नुमा राजनैतिक दलको गैर जिम्मेवारी पन भएको टिप्पणी हुने गरेको छ।

राज्यले अविभावकत्वको भूमिका निर्वाह गर्न नसक्दा त्यसले झन् समस्या ल्याउने हुँदा कानुन तथा मानवअधिकार समितिले छिटो नागरिकता विधेयक ल्याउन सरकरलाई निर्देशन दिएको छ।

संविधान जारी भएको यतिका वर्ष वितिसक्दा पनि संविधानमा व्यवस्था भएका कुरालाई लागु गर्न कानुन बनाउन नसक्नुले नागरिकको नेपाली भएर बस्न पाउनु पर्ने अधिकारको हनन् भएको ठान्दै समितिले सो निर्देशन दिएको छ।

जन्मका अधारमा नागरिकता पाएका उनका सन्तानले बंशजको आधारमा नेपालको नागरिकता पाउने व्यवस्था संविधान मै छ, बाबु वा आमा जो नेपाली भए पनि उनीहरूको सन्तालने वंशजको आधारमा नागरिकता प्राप्त गर्ने लगायतका विषय पनि संविधानमा नै लेखेको छ। नागरिकता मानवअधिकारको विषय हो,अब पनि नागरिकता विधेयक संसद्ले पारित नगर्ने हो भने नागरिकता प्राप्त गर्न बञ्चित ती नागरिकले कहिले नागरिकता पाउँछन् भनेर निर्देशन दिनुपरेको समितिका सभापति कृष्णभक्त पोखरेल बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

 

  • Related Posts

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    ९पुष, तनहुँ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रतिफल दिने स्थानीय आयोजना तथा उद्यम विकासमा अव लगानीको अभाव झेल्नु पर्ने अवस्था नरहने बताउनु भएको छ । आज…

    Read more

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    ९ पुष ,काठमाडौं । कोटेश्वर व्यवसायी संघको आयोजनामा ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ हुने भएको छ। संघले आफ्नो १९औं स्थापना दिवसको अवसरमा यही पुष १२ र १३ गते कोटेश्वरको तिनकुने चौरमा…

    Read more

    You Missed

    महासंघ अध्यक्ष ढकालद्वारा उत्पादनशील क्षेत्रमा आयोजना प्रस्ताव गर्न स्थानीय उद्यमीहरूलाई आह्वान

    • By
    • December 24, 2024
    • 8 views

    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    • By
    • December 24, 2024
    • 8 views
    ‘प्रथम कोटेश्वर महोत्सव २०८१’ को महानगर प्रमुख बालेन शाहले समुद्घाटन गर्ने

    भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्छः डा. संग्रौला

    • By
    • December 24, 2024
    • 9 views

    लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

    • By
    • December 24, 2024
    • 9 views

    नेपाल समुद्रपार निकासी पैठारी संघमा शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति

    • By
    • December 24, 2024
    • 9 views

    पोखरामा एकीकृत समाजवादीको गण्डकी प्रदेश अधिवेशन हुने

    • By
    • December 24, 2024
    • 9 views