

काभ्रेको मण्डनदेउपुर मेयरमा एमालेका सम्भावित उम्मेदवार
काभ्रे १८ चैत । काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका नेकपा एमालेको बर्चश्व रहेको पालिका हो । गत स्थानीय तह निर्वाचनमा एमालेले शानदार रुपमा मेयर, उपमेयर तथा ८ वडा अध्यक्षसहित अत्यधिक बहुमतले विजयी भएको थियो ।
स्थानीय तह निर्वाचनको मिति नजिकिए सँगै मण्डनदेउपुर नगरपालिकाको मेयरमा एमालेका प्रत्यासीहरुको चर्चा चिया पसल, चोक चौतारीहरुमा हुन थालेको छ । एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटाको गृह नगर भएकाले पनि मण्डनदेउपुरमा एमालेले मेयरमा कसलाई अगाडि सार्नै हो भनि आमजनमानस र विपक्षीहरुले समेत चासोकासाथ हेरेका छन् ।
काभ्रे जिल्ला सचिवालय सदस्यसमेत रहेका एमाले मण्डनदेउपुर नगर इन्चार्ज पुराना भद्र, शालीन नेता विदुरप्रसाद सापकोटा मेयरको एक नं सुचिमा रहेको एमाले कार्याकर्ताहरु बताउँछन् । गत निर्वाचनमा प्रदेशसभामा पनि टिकट पाइसकेका सापकोटा अन्तिम समयमा उनको टिकट खोसिएको थियो । सापकोटा २०५४ मा जैशिथोक गाविस अध्यक्षमा निर्वाचित भएसँगै निरन्तर पार्टी र जनताको सेवामा लागिरहेको मण्डनदेउपुरका जनताहरु बताउँछन् । उनलाई इमान्दार र भिजन भएको नेताको रुपमा लिइन्छ ।
त्यसैगरि बालुवापाटी देउपुर गाविसका पूर्वअध्यक्षसमेत रहेका एमाले नेता राधाकृष्ण बस्ताकोटीलाई पनि मेयरका दाबेदारका रुपमा हेरिएको छ । शालिन नेता भएपनि बस्ताकोटीलाई पार्टी गतिविधि, संगठन निर्माणमा नलागेको भनेर कायाकर्तामाझ एकआपसमा कुराहुने गरेको समेत बताइन्छ ।
नगर पार्टी अध्यक्ष शेरबहादुर डोटेलको समेत मेयरमा चर्चा गर्ने गरेको पाईन्छ । गोकुल बाँस्कोटाका विश्वाश पात्रका रुपमा चिनिने डोटेल पनि मेयरको दौडमा रहेको बताइन्छ ।
यस्तै एमाले नेता एवं २०७४ को स्थानीय तह निर्वाचनमा वडा नं ३ बाट वडा सदस्यमा निर्वाचित रुद्रबहादुर तामाङले पनि मेयरमा उठ्ने भन्ने गरेको कतिपयले बताउँछन् ।
उता एमाले मण्डनदेउपुरमा पछिल्लो समय उदयमान नेताका रुपमा चिनिएका नगर उपसचिव सुमन नेपालको समेत मेयरमा चर्चा हुन थालेको छ । समृद्धिकालागि कृषि तथा सहकारीका माध्यमबाट निरन्तर लागिरहेका नेपाल पार्टी संगठन निर्माणमा खरो रुपमा उत्रिएका छन् । जनताका पक्षमा लाग्ने सम्भावना भएका नेताका रुपमा उनलाई हेर्न थालिएको छ ।