काठमाडौं क्षेत्र नम्बर १ मा प्रबल थापाको घरदैलो अभियान, स्थानीय समस्या सुन्दै बुद्धनगरमा चिया संवाद

0
17

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार प्रबल थापाले आफ्नो जन्मथलो तथा कर्मथलो थापागाउँलाई केन्द्रमा राख्दै चुनावी अभियानलाई थप तीव्र बनाएका छन्। थापागाउँमै जन्मिएर यहीँ खेले, हुर्के र जीवनका आधारभूत मूल्य सिकेका थापाले यो क्षेत्रलाई केवल निर्वाचन क्षेत्र नभई आफ्नो घर, परिवार र पहिचानका रूपमा लिएको बताएका छन्।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका थापाले चुनाव चिन्ह ‘रुख’ लिएर मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै आएका छन्। यही क्रममा काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत पर्ने बुद्धनगरमा आयोजित चिया संवाद तथा भलाकुसारी कार्यक्रममा उनी स्थानीय आमाबाबु, दिदीबहिनी, दाजुभाइसँग घुलमिल भएका थिए। कार्यक्रममा स्थानीय समस्या, विकासका अवरोध, युवाको रोजगारी, शहरी व्यवस्थापनदेखि राष्ट्रिय सरोकारका विषयमा खुला छलफल भएको थियो।

थापाले काठमाडौं १ का बासिन्दाले भोग्दै आएका खानेपानी, फोहोर व्यवस्थापन, ट्राफिक, स्वास्थ्य सेवा, शिक्षा र सुरक्षित बसोबासका सवाललाई आफूले गम्भीरतापूर्वक बुझेको बताए। उनले भने, “यहाँका समस्या मेरा आफ्नै समस्या हुन्। म बाहिरबाट आएको उम्मेदवार होइन, यही माटोमा हुर्केको छोराको हैसियतले तपाईंहरूको आवाज संसदमा पुर्‍याउन चाहन्छु।”

चिया संवादमा सहभागी स्थानीयवासीले विकास योजनाको निरन्तरता, पारदर्शी राजनीति र जवाफदेही प्रतिनिधिको अपेक्षा व्यक्त गरेका थिए। त्यस क्रममा थापाले बदलिएको काँग्रेस र नयाँ सोचसहितको राजनीतिले मात्र देश बदल्न सक्ने धारणा राखे। “बदलियो काँग्रेस, बदल्छौँ देश” भन्ने नारालाई व्यवहारमा उतार्न आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै थापाले घरदैलो अभियान, टोलसभा र प्रत्यक्ष संवादलाई अझ सशक्त बनाउँदै लगेका छन्। नेपाली काँग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवारका रूपमा उनी युवामैत्री, विकासमुखी र समावेशी प्रतिनिधित्वको सन्देश लिएर मतदातामाझ पुगिरहेका छन्।

स्थानीयस्तरबाट उठेका मुद्दालाई राष्ट्रिय नीतिसँग जोड्दै संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता जनाएका थापा काठमाडौं १ मा नयाँ पुस्ताको आशाका रूपमा देखिन थालेका छन्। चुनावी माहोल तातिँदै जाँदा बुद्धनगरसहित क्षेत्रका विभिन्न स्थानमा भइरहेको चिया संवाद र भलाकुसारीले चुनावी अभियानलाई थप जनमुखी र जीवित बनाइरहेको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here