काठमाडौँ–५ मा  प्रदीप पौडेलको लोकप्रियता बढ्दो

0
1

काठमाडौँ ।  २०८२ सालको यही फागुन २१ गते हुने  प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा काठमाडौँ क्षेत्र नम्बर ५ मा फेरि एकपटक रोचक र कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेल र नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलबीच हुने सम्भावित प्रतिस्पर्धालाई चुनावी राजनीति चासोका साथ हेरिरहेको छ ।

२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट उम्मेदवार बनेका प्रदीप पौडेलले एमाले नेता ईश्वर पोखरेललाई पराजित गर्दै उल्लेखनीय जीत हासिल गरेका थिए । त्यसयता क्षेत्रका जनतासँगको निरन्तर सम्पर्क, विकास निर्माणका काम र जनताको समस्यामा सक्रिय उपस्थितिका कारण पौडेलको लोकप्रियता अझ बढ्दै गएको बताइन्छ । यही आधारमा २०८२ सालको निर्वाचनमा पनि पौडेल पुनः विजयी हुनेमा नेपाली काँग्रेस ढुक्क देखिएको छ ।

प्रदीप पौडेललाई युवा पुस्ताका प्रतिनिधि नेताका रूपमा लिइन्छ । उनी जेन्जी पुस्ताको भावना, चाहना र माग बुझ्ने तथा त्यसअनुसार राजनीति गर्न सक्ने नेता भएको काँग्रेस कार्यकर्ताको दाबी छ । पछिल्लो समय मतदाताहरू परम्परागत राजनीतिक शैलीभन्दा नयाँ सोच, स्पष्ट दृष्टिकोण र परिणाममुखी नेतृत्व खोजिरहेका सन्दर्भमा पौडेलको छवि थप बलियो बन्दै गएको छ ।

यता एमालेका तर्फबाट  उम्मेदवार ईश्वर पोखरेल पुरानो पुस्ताका अनुभवी नेता हुन् । तर हालै सम्पन्न एमाले महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित भएपछि पोखरेल पक्षका कार्यकर्तामा अपेक्षित उत्साह नदेखिएको चर्चा छ । यसले काठमाडौँ–५ मा एमालेको चुनावी माहोल केही कमजोर बनेको आकलन पनि गरिँदै आएको छ ।

नेपाली काँग्रेसका कार्यकर्ता तथा शुभेच्छुकहरू भने प्रदीप पौडेललाई फेरि चुनाव जिताउन उत्साहका साथ मैदानमा सक्रिय रूपमा लागिसकेका छन् । घरदैलो, छलफल र जनसम्पर्क कार्यक्रममार्फत उनीहरू पौडेलको विगतको काम, विकासका उपलब्धि र भावी योजनाबारे मतदातालाई बुझाइरहेका छन् ।

काठमाडौँ–५ मा यसपटकको निर्वाचनलाई युवा नेतृत्व र पुरानो पुस्ताको राजनीतिक सोचबीचको प्रतिस्पर्धाका रूपमा पनि हेरिएको छ । जनताको काम र विकासलाई प्राथमिकतामा राख्ने नेता रोज्ने मतदाताको मनोविज्ञानलाई आत्मसात् गर्न सके प्रदीप पौडेलले पुनः जीत दोहोर्याउने सम्भावना बलियो देखिएको  छ ।

महामन्त्री प्रदीप पौडेल देशको भविष्य बोकेर उदाएका युवा नेता भएको दाबी गर्दै काठमाडौँ क्षेत्र नम्बर ५ मा उनको जित सुनिश्चित देखिएको वरिष्ठ राजनीतिज्ञ कृष्णबहादुर खड्काले बताए  । पौडेलको नेतृत्व, कार्यक्षमता र जनताप्रतिको प्रतिबद्धताका कारण यसपटकको निर्वाचन अझ सहज रूपमा जित्ने आधार बलियो बनेको उनको भनाइ छ ।

खड्काका अनुसार प्रदीप पौडेल यसअघिको निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भइसकेका अनुभवी र विश्वासिला नेता हुन् । “पहिला पनि जितेका नेता अहिले झनै परिपक्व, अनुभवी र जनताको भरोसा जितिसकेका छन्,” उनले भने, “यसपटक त जनताले अझ ठूलो अपेक्षासहित फेरि अवसर दिन चाहेका छन् ।”

स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालेका बेला पौडेलले गरेको कामलाई जनताले सकारात्मक रूपमा लिएको खड्काको दाबी छ । स्वास्थ्य सेवा विस्तार, नीति निर्माणमा देखाएको सक्रियता र संकटको समयमा लिएको नेतृत्वले पौडेललाई जनताको मनमा स्थापित गराएको उनले बताए । यही काम र परिणाम नै उनको जितको सबैभन्दा ठूलो आधार भएको उनको भनाइ छ ।

काठमाडौँ–५ मात्र होइन, प्रदीप पौडेल देशकै लोकप्रिय युवा नेताका रूपमा चिनिन थालेको खड्काको धारणा छ । नयाँ पुस्ताको सोच, जेन्जीको भावना बुझ्ने क्षमता र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण उनी युवामाझ मात्र होइन, सबै उमेर समूहका मतदातामा लोकप्रिय बन्दै गएको उनको भनाइ छ ।

यस क्षेत्रमा नेपाली काँग्रेसको बलियो, प्रभावशाली र भरोसायोग्य नयाँ पुस्ताको उम्मेदवारका रूपमा प्रदीप पौडेल स्थापित भइसकेको खड्काले उल्लेख गरे । “जनताले फेरि आश गरेका छन्, र त्यो आश पूरा गर्ने क्षमता पौडेलसँग छ,” उनले भने ।

आगामी निर्वाचनलाई विकास, काम र विश्वासको आधारमा लडिने चुनावका रूपमा चित्रण गर्दै काँग्रेस नेता तथा कार्यकर्ताहरू उत्साहका साथ मैदानमा उत्रिएको बताइएको छ । काठमाडौँ–५ मा प्रदीप पौडेलको नेतृत्वलाई निरन्तरता दिन मतदाताको समर्थन थप मजबुत बन्दै गएको संकेत देखिएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here