कांग्रेस महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहको अभियान बारे यस्तो बताए

फाइल फोटो।

 

 

काठमाडौँ २७ पुष । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिने भए पनि त्यो अभियानले आधुनिक राज्यका लागि आवश्यक वृहत्तर भौगोलिक इकाइ दिएको कुरा कसैले इन्कार गर्न नमिल्ने बताएका छन । उनले नेपालको भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियानको परिणाम भएकोले त्यसलाई इन्कार गर्न नमिल्ने बताए । मंगलबार पृथ्वी जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत् महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले भनेका छन्, ‘सत्य यही हो, आज हामीसँग नेपालको जुन भौगोलिक इकाइ प्राप्त छ, यो पृथ्वीनारायण शाहको अभियानको परिणाम नै हो।’ कुनै पनि राष्ट्र निर्माणका विभिन्न चरण हुने भन्दै महामन्त्री थापाले पहिलो चरण भौगोलिक एकीकरण भएको उल्लेख गरेका छन्।

‘भौगोलिक एकीकरण पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन्। यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन्,’ थापाले भनेका छन्, ‘पृथ्वीनारायण शाहको यो भूमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हुन्छ भन्ने डर मान्नु आवश्यक छैन।’

पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमूल्यन वा अवमूल्यन गर्नु सही नहुने उनको भनाइ छ। ‘हामीले कहिलेकाहीँ तत्कालिक घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मूल्यांकन गर्नुपर्छ। ३००औँ पृथ्वी जन्मजयन्तीको अवसरमा आजको दिन सम्मानपूर्वक उहाँलाई सम्झदै र हामीले बनाएको संविधानको जगमा नेपालभित्रका सबै नेपालीलाई एकीकृत र संगठित गर्दै जाने प्रण गरौँ,’ थापाले भनेका छन्।

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 9 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 9 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 9 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 8 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 8 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 11 views