
कांग्रेस नेता जसपा प्रवेश, मेयर उम्मेदवार बन्दै
रुपन्देही, ९ बैशाख । नेपाली कांग्रेस रुपन्देहीका नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) बाट मेयरको उम्मेदवार बन्ने भएका छन् । कांग्रेसको पुर्व क्षेत्रिय सभापति समेत रहेका नेता यादव मेयरको टिकट नपाएपछि असन्तुष्ट भएपश्चात पार्टी परित्याग गरेका हुन् ।
यादवलाई लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री सहसराम यादवले पार्टी प्रवेश गराएका हुन् । कांग्रेसबाट मेयरका यादव आकांक्षी थिए । धेरै पटक निर्वाचनमा पराजित भएका उनी २ दिन अघि जसपा प्रवेश गरेका हुन् ।