🎄 Holiday Season Special
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा केहीबेरअघि सुरु भएको हो।
प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलोपटक बसेको बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम टुङ्गो लगाउने छ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकमा २० सीट जितेको छ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.