![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
कांग्रेस–एमालेसँग गठबन्धनको तयारीमा लोसपा, पकड बलियो बनाउने रणनीति
काठमाडौं, चैत ६ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ।
नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र छलफल अघि बढाएका छन् । काँग्रेस र एमालेमध्ये एक दलसँग गठबन्धन गरेर अघि बढने लोसपाको तयारी छ। दुई ठुला दलमध्ये एकसँग गठबन्धन सम्भव नभए अन्यसँग पनि तालमेल गर्न सकिने लोसपाका नेताहरूले बताएका छन् ।
पछिल्लो समय लोसपाका शीर्ष नेताहरू काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर संवाद र छलफलमा छन् । पछिल्लो डेढ सातामा लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग तीनपटक कुराकानी गरेका छन् । यसैगरी लोसपाका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निरन्तर सम्पर्क र भेटघाटमा छन् । जसपासँग भने गठबन्धन हुने सम्भावना लोसपाका नेताहरूले देखेका छैनन् । नागरिक दैनिकबाट