काठमाण्डौं २५ मंसिर । बिश्लेषक तथा लेखक डा डिआर उपाध्यायले नेपाली काँग्रेसको १४ औं महाधिबेशनवाट हाम्रा भन्दा राम्रा नेता चुनिनु पर्ने बताएका छन । आज साँझ खबरबे्रकिङ संग कुरा गदै डा उपाध्यायले सो कुरा बताएका हुन ।
उनले नेपाली काँग्रेस पुरानो र इतिहास बोकेको प्रजातान्त्रिक पार्टी भएको बताउँदै गुट उपगुटको राजनीति नगर्न सुझाव दिएका छन । उनले १४ औं महाधिबेशनवाट आशा र भरोसा योग्य नेतृत्व आउनु पर्ने बताए ।
उनले भने, ‘नेपाली काँग्रेस पुरानो र इतिहास बोकेको प्रजातान्त्रिक पार्टी हो । यो पार्टीमा पनि गुट र उपगुटको राजनीति देख्दा चिन्ता लागेको छ । पटक पटकका राजनीतिक परिवर्तनका आन्दोलनमा काँग्रेसको प्रमुख भूमिका रहदै आएको कसैले भुल्नु हुदैन ।”
आगामी निर्वाचनमा पहिलो पार्टी बन्र्ने सोच छ भने काँग्रेसले गुटको राजनीति छोडनु पर्ने उपाध्यायले बताए । राजनीतिमा निष्ठा र त्यागको राजनीति हराउँदै गएको भन्दै उपाध्यायले चिन्ता ब्यक्त गरे ।
उनले राजनीतिमा इमान र निष्ठा हुनु पर्ने बताए । महाधिबेशन प्रतिनिधिहरुलाई उनले अझै सुझ बुझका साथ योग्य र सक्षम नेतृत्व छान्न आग्रह गरे । दुरदर्शी नेता नभए देशले दुख्ख पाउँने उनको भनाई छ ।
उनले महाधिबेशनवाट अधिकांश युवा नेताहरु आउनु पर्ने बताए । अब मुलुक र पार्टीको जिम्मा युवालाई दिनु पर्ने उनको भनाई छ । नेपाली काँग्रेसले बाटो बिरायो भने लोकतन्त्र कमजोर हुने उपाध्यायको भनाई छ ।
नेपाली काँग्रेसले यो महाधिबेशनवाट देश र दुनियालाई भावनात्मक एकताको सन्देश दिनु पर्ने उनले बताए । लोकतन्त्रमा प्रतिस्प्रर्धाको राजनीति हुनु राम्रो कुरा हो तर गुटको राजनीति राम्रो नभएको उनले बताए । अहिले काँग्रेस भित्र जुन किसिमको खेल भइरहेको छ त्यो गलत भएको उनले बताए ।