![Advertisement image AMERICA KHABAR January 28, 2025](https://americakhabar.com/wp-content/uploads/2025/01/image.png)
ओली पर्सा पुग्दा जिल्ला नै एमालेमय बन्यो, पर्सामा ओलीलाई माला लगाएर भव्य स्वागत !
काठमाडौं, पौष ८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्सा पुग्दा जिल्ला नै एमालेमय बन्यो । ओलीलाई पर्सामा १५१ किलोको माला लगाएर स्वागत गरिएको छ ।
बिहिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पुगेका ओलीलाई पार्टीका कार्यकर्ताले माला लगाएर स्वागत गरेका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट पर्साको जगन्नाथपुर गाउँपालिका अध्यक्षमा विजयी भएका जालिम मियाँ लगायतका कार्यकर्ता एमालेमा प्रबेश गरेका थिए ।
उक्त कार्यक्रममा ओलीले सरकारले तत्कालै ३ तहको निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्ने बताए । ओलीले पार्टीले जनताको जीवनस्तर उकास्नका लागि विभिन्न कार्य गरिरहेको बताए । उनले एमाले देशमा भएको भ्रष्टाचारविरुद्ध अभियान चलाउने पार्टी भएको पनि बताए ।